CG Electronics
Ncell NPL
NIMB

निराशाजन्य अवस्थामा सम्मेलन आशाको दियो बन्नेछ : मन्त्री भण्डारी

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मुलुकमा एक थरिको निराशाजन्य वातावरण छाएको बताएका छन्।

मंगलबार श्रम तथा रोजगार सम्मेलनको समापन समारोहमा उनले मुलुकमा एक थरिको निराशाजन्य वातावरण भईरहेको अवस्थामा आशाको दियो देखाउनु पर्ने भन्दै त्यसको लागि यो सम्मेलनले भूमिका खेल्ने बताए ।

उनले भने, ‘मुलुकमा एक थरिको निराशाजन्य वातावरण भईरहेको अवस्था छ, यो अवस्थामा हामीले आशाको दियो देखाउनु पर्ने आवश्यकता छ । विश्वासको ठूलो संकट छ, त्यसलाई चिर्दै हाम्रो लागि हामी नै सक्षम छौ, हामी गर्न सक्छौ भन्ने विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । तर यो सजिलो छैन् । नीति कानून सबै छ, यात्रा शुभारम्भ पनि भएको छ तर गन्तव्यमा किन पुगि रहेका छैनौ ? यो प्रश्न एकदमै गम्भिर छ र यसमा हामी गम्भिर पनि छौ ।’

यस्तै, उनले मन्त्रालय १६ औं पञ्चवर्षिय योजना अगाडि बढाउने अवस्थामा रहेको भन्दै यसले लुकेका सम्भावनाहरु निकाल्ने बताए ।

उनले भने, ‘अहिले हामी १६ औं पञ्चवर्षिय योजना अगाडि बढाउने अवस्थामा छौ । यसले अहिलेको श्रम र रोजगारका समस्याहरुलाई र आन्तरिक रोजगार प्रवद्र्धन गर्ने कुरालाई राष्ट्रिय रुपमा स्वीकार गरेको छ । यसमा कुन –कुन क्षेत्रमा रोजगारका सम्भावनाहरु देखिन्छन् । ती सम्भावनाहरु कता –कता लुकेका छन् र कसरी निकाल्ने भन्ने कुरा पनि आएको छ ।’

परम्परागत कुराले अहिलेको आधुनिक युगमा काम गर्न नसकिने भन्दै सबै नीति नियम र कानूनलाई समयसापेक्ष बनाएर लानुपर्ने पनि उनको भनाई छ ।

CG Electronics
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक...

वि.सं.२०८२ माघ ९ शुक्रवार २१:५७

  काठमाडौ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा...

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको सहकार्य

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२१

काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई...

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता...

वि.सं.२०८२ माघ ८ बिहीवार ००:०१

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक...

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम...

वि.सं.२०८२ माघ ७ बुधवार २२:०२

  कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ’

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको...

वि.सं.२०८२ माघ ७ बुधवार १७:१४

  प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस...

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

वि.सं.२०८२ माघ ७ बुधवार ११:२२

  काठमाडौं। आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका...