Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

निराशाजन्य अवस्थामा सम्मेलन आशाको दियो बन्नेछ : मन्त्री भण्डारी

Machhapuchchhre Bank Limited

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मुलुकमा एक थरिको निराशाजन्य वातावरण छाएको बताएका छन्।

मंगलबार श्रम तथा रोजगार सम्मेलनको समापन समारोहमा उनले मुलुकमा एक थरिको निराशाजन्य वातावरण भईरहेको अवस्थामा आशाको दियो देखाउनु पर्ने भन्दै त्यसको लागि यो सम्मेलनले भूमिका खेल्ने बताए ।

उनले भने, ‘मुलुकमा एक थरिको निराशाजन्य वातावरण भईरहेको अवस्था छ, यो अवस्थामा हामीले आशाको दियो देखाउनु पर्ने आवश्यकता छ । विश्वासको ठूलो संकट छ, त्यसलाई चिर्दै हाम्रो लागि हामी नै सक्षम छौ, हामी गर्न सक्छौ भन्ने विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । तर यो सजिलो छैन् । नीति कानून सबै छ, यात्रा शुभारम्भ पनि भएको छ तर गन्तव्यमा किन पुगि रहेका छैनौ ? यो प्रश्न एकदमै गम्भिर छ र यसमा हामी गम्भिर पनि छौ ।’

यस्तै, उनले मन्त्रालय १६ औं पञ्चवर्षिय योजना अगाडि बढाउने अवस्थामा रहेको भन्दै यसले लुकेका सम्भावनाहरु निकाल्ने बताए ।

उनले भने, ‘अहिले हामी १६ औं पञ्चवर्षिय योजना अगाडि बढाउने अवस्थामा छौ । यसले अहिलेको श्रम र रोजगारका समस्याहरुलाई र आन्तरिक रोजगार प्रवद्र्धन गर्ने कुरालाई राष्ट्रिय रुपमा स्वीकार गरेको छ । यसमा कुन –कुन क्षेत्रमा रोजगारका सम्भावनाहरु देखिन्छन् । ती सम्भावनाहरु कता –कता लुकेका छन् र कसरी निकाल्ने भन्ने कुरा पनि आएको छ ।’

परम्परागत कुराले अहिलेको आधुनिक युगमा काम गर्न नसकिने भन्दै सबै नीति नियम र कानूनलाई समयसापेक्ष बनाएर लानुपर्ने पनि उनको भनाई छ ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...