Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

देश अँध्यारो युग तर्फ फर्किन सक्दैन : मन्त्री दाहाल

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देश फेरि अँध्यारो युग तर्फ फर्किन नसक्ने बताउनु भएको छ ।

सुखानी शहीद स्मृति प्रतिष्ठानको २० औं वार्षिक साधारणसभालाई शनिबार काठमाडौमा संवोधन गर्दै उहाँले शहीदहरुको बलिदानीबाट प्राप्त जनाधिकार र स्वतन्त्रता कसैले खोस्न समेत नसक्ने बताउनुभयो । उहाँले कसैले उदण्डता देखाउँदैमा प्राप्त उपल्धिहरुलाई नागरिकले खोस्न नदिने समेत बताउनुभयो ।

‘यो गणतन्त्र र स्वतन्त्रता शहीदहरुको बलिदानी र लाखौं नागरिकको संघर्षबाट प्राप्त भएको हो’ नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहनु भएका मन्त्री दाहालले भन्नुभयो, ‘शहीदहरुले देखाएको बाटोमा हिँड्नु र प्राप्त उपलव्धिहरुको रक्षा गर्नु हामी सवैको दायित्व हो ।’

देशमा केहि भएन, गणतन्त्रले केहि उपलव्धि दिएन भनेर नागरिकलाई निराश पार्न गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उहाँले गणतन्त्र पछिनै विकास निर्माणले गति लिएको र नागरिकहरु राजनीतिक रुपमा पनि अधिकार सम्पन्न भएको उल्लेख गर्नु भयो ।

सोहि कार्यक्रममा प्रतिष्ठानका सदस्य समेत रहनु भएका दाहाल नेपाल सरकारको मन्त्री हुनु भएकोमा, पूर्व महासचिव हर्कराज राई संघीय संसदको सचिव हुनु भएकोमा तथा सचिव अर्जुनकुमार भट्टराई गैह्रसरकारी संस्था महासंघको अध्यक्ष हुनु भएकोमा बधाई सहित सम्मान गरियो ।

झापा कम्युनिष्ट आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने शहीदहरुको स्मृतिमा २०५६ सालमा सो प्रतिष्ठान स्थापना भएको हो । २०२९ साल फागुन २१ गते झापाको किसान आन्दोलनका नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई ईलामको सुखानीमा लगि तत्कालिन शासकले गोलि हानि हत्या गरेको थियो । उनीहरुकै सम्झनामा स्थापित प्रतिष्ठानले झापाको सालवारीमा सुखानी पार्क निर्माण गर्नुका साथै शहादत स्थलको पनि संरक्षण गर्दै आएको जनाईएको छ ।

साधारण सभाले अर्जुन राईको अध्यक्षतामा नयाँ कार्य समिति पनि चयन गरेको छ । समितिको उपाध्यक्ष टंक बराल, महासचिव लोकनाथ सुवेदी, सचिव अर्जुनकुमार भट्टराई र कोषाध्यक्षमा सुन्दरमणि सुवेदी चयन हुनु भएको छ । सदस्यहरुमा डा. गेहनाथ पौडेल, विष्णु घिमिरे, कवि पाठक, जानुका सिटौला, बिर्ख प्रधान र बाबुराम घिमिरे रहनु भएको छ । एक उपाध्यक्ष र केहि सदस्य पछि थप हुने जनाईएको छ ।

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ : मीन बहादुर गुरुङ

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा...

वि.सं.२०८२ मंसिर १ सोमवार १८:२६

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले...