CG Electronics
IME Life
Ncell NPL

नेपालमा अन्तर्देशीय शिक्षाको अवसर र चुनौतीबारे ब्रिटिस काउन्सिलको अनुसन्धान सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौँ । ब्रिटिस काउन्सिलले नेपालमा अन्तर्देशीय शिक्षा (Transnational Education – TNE) को वर्तमान अवस्था र भविष्यका सम्भावनाहरूलाई समेटेर तयार पारेको अनुसन्धान प्रतिवेदन आज सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो, जसमा नीति निर्माता, शैक्षिक संस्था प्रतिनिधि, शिक्षक, तथा अन्तर्राष्ट्रिय शिक्षा विज्ञहरूबीच अन्तर्देशीय शिक्षाका विविध पक्षमा गहन छलफल भएको थियो।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फिन, दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टर, ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदी तथा राष्ट्रिय अनुसन्धान तथा तालिम प्रतिष्ठान प्रा.लि.की प्रबन्ध निर्देशक श्रेया कार्कीले संयुक्त रूपमा प्रतिवेदन अनावरण गर्नुभयो।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले टीएनई नेपालमा उच्च शिक्षाको पहुँच, गुणस्तर र आर्थिक विकासमा टेवा पुर्‍याउन सक्ने बताउँदै, प्रतिवेदनमा उल्लेख गरिएका सिफारिसहरू कार्यान्वयनका लागि साझेदारहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

बेलायती राजदूत फिनले नेपाल र बेलायतबीचको शैक्षिक सहकार्यले नवप्रवर्तन, उत्कृष्टता र ज्ञानमा आधारित अर्थतन्त्रको विकासमा योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा “नेपालमा अन्तर्देशीय शिक्षाः अवसर र चुनौतीहरू” विषयक विशेष छलफल पनि गरिएको थियो, जसमा प्रमुख वक्ता श्रेया कार्की, डा. नीरज धिताल र नरोत्तम अर्याल सहभागी हुनुहुन्थ्यो।

प्रतिवेदनमा नीति तथा नियामक सुधार, गुणस्तरीयता सुनिश्चित गर्ने संयन्त्र सुदृढीकरण, अन्तर्राष्ट्रिय साझेदारी विस्तार, श्रम बजारअनुकूल पाठ्यक्रम विकास, र दिगो तथा उत्तरदायी शिक्षण मोडलहरू निर्माणजस्ता महत्वपूर्ण सिफारिसहरू गरिएको छ।

ब्रिटिस काउन्सिलको भनाइ अनुसार, यी पहलहरूले नेपालमा अन्तर्देशीय शिक्षाको दिगो विकास र समान पहुँच सुनिश्चित गर्न योगदान पुर्‍याउनेछन्।

 

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४४

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते)...

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५ लाख र विन्डसर ३९.७५ लाखबाट उपलब्ध

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:३६

काठमाडौं । JSW MG Motor India को नेपालका लागि आधिकारिक...

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२३

  इटहरी, नेपाल - ४ मे, २०२६- रमादाबाई विन्धम इटहरीले...

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम टायल कलेक्सनको शुभारम्भ

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२०

  हापुरे । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल...

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...