Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपालमा अन्तर्देशीय शिक्षाको अवसर र चुनौतीबारे ब्रिटिस काउन्सिलको अनुसन्धान सार्वजनिक

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

 

काठमाडौँ । ब्रिटिस काउन्सिलले नेपालमा अन्तर्देशीय शिक्षा (Transnational Education – TNE) को वर्तमान अवस्था र भविष्यका सम्भावनाहरूलाई समेटेर तयार पारेको अनुसन्धान प्रतिवेदन आज सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो, जसमा नीति निर्माता, शैक्षिक संस्था प्रतिनिधि, शिक्षक, तथा अन्तर्राष्ट्रिय शिक्षा विज्ञहरूबीच अन्तर्देशीय शिक्षाका विविध पक्षमा गहन छलफल भएको थियो।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फिन, दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टर, ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदी तथा राष्ट्रिय अनुसन्धान तथा तालिम प्रतिष्ठान प्रा.लि.की प्रबन्ध निर्देशक श्रेया कार्कीले संयुक्त रूपमा प्रतिवेदन अनावरण गर्नुभयो।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले टीएनई नेपालमा उच्च शिक्षाको पहुँच, गुणस्तर र आर्थिक विकासमा टेवा पुर्‍याउन सक्ने बताउँदै, प्रतिवेदनमा उल्लेख गरिएका सिफारिसहरू कार्यान्वयनका लागि साझेदारहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

बेलायती राजदूत फिनले नेपाल र बेलायतबीचको शैक्षिक सहकार्यले नवप्रवर्तन, उत्कृष्टता र ज्ञानमा आधारित अर्थतन्त्रको विकासमा योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा “नेपालमा अन्तर्देशीय शिक्षाः अवसर र चुनौतीहरू” विषयक विशेष छलफल पनि गरिएको थियो, जसमा प्रमुख वक्ता श्रेया कार्की, डा. नीरज धिताल र नरोत्तम अर्याल सहभागी हुनुहुन्थ्यो।

प्रतिवेदनमा नीति तथा नियामक सुधार, गुणस्तरीयता सुनिश्चित गर्ने संयन्त्र सुदृढीकरण, अन्तर्राष्ट्रिय साझेदारी विस्तार, श्रम बजारअनुकूल पाठ्यक्रम विकास, र दिगो तथा उत्तरदायी शिक्षण मोडलहरू निर्माणजस्ता महत्वपूर्ण सिफारिसहरू गरिएको छ।

ब्रिटिस काउन्सिलको भनाइ अनुसार, यी पहलहरूले नेपालमा अन्तर्देशीय शिक्षाको दिगो विकास र समान पहुँच सुनिश्चित गर्न योगदान पुर्‍याउनेछन्।

 

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...