CG Electronics
Ncell NPL
NIMB

कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली लागेको जस्तो भयो : योगेश भट्टराई

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई मुटुमै गोली लागेको जस्तो भइरहेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी हटाउन पाउनु सरकारको अविशिष्ट अधिकार रहेको बताएका हुन् ।
उनले भने, ‘केही कर्मचारीलाई सरकारले हटायो । यो सरकारको अविशिष्ट अधिकार पनि हो । यसमा समीक्षा गर्न सकिएला ।

तर म कमरेड प्रचण्डलाई भन्न चाहन्छु– तपाईँले प्रधानसेनापतिलाई नै हटाउनु भएको थियो त ? एक पटक सम्झिनु त अस्तीको कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनुभयो । अनि अर्को मुख्यसचिव ल्याउनुभयो ।

अनि केपी ओली नेतृत्वको सरकारले एउटा सहसचिवलाई हटाउँदा तपाईको मुटुमै गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भयो नि त ।’

साथै, उनले प्रचण्डले वर्तमान सरकार अप्राकृतिक, स्वार्थ समूह र विचौलियाले बनाएको भनी गरेको टिप्पणीप्रति आपत्ति जनाए । प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भन्दा प्राकृतिक र ओली सोही धाराअनुसार प्रधानमन्त्री बन्दा अप्राकृतिक भन्ने हुन नसक्ने उनको दाबी छ । उनले प्रचण्डलाई सिसाको घरमा बसेर अरुको घरतिर ढुङ्गा नहान्न आग्रह गरे ।

‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषणमा पनि र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, विचौलिया । मलाई के लाग्छ भनेदेखि मेरो यतिमात्रै भनाइ छ–सिसाको घरभित्र बसेर अर्काको घरमा ढुङ्गा हान्ने प्रयास नहोस् ।

धारा ७६ (२) अनुसार बनेको पुष्पकमल दाहालजीको सरकार प्राकृतिक हुने, धारा ७६ (२) अनुसार बनेको केपी ओलीको सरकार अप्राकृतिक हुने ? यो कुन संविधानबाट उहाँले ब्याख्या गर्नुभयो ?’ प्रश्न गर्दै उनले भने ।

CG Electronics
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक...

वि.सं.२०८२ माघ ९ शुक्रवार २१:५७

  काठमाडौ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा...

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको सहकार्य

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२१

काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई...

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता...

वि.सं.२०८२ माघ ८ बिहीवार ००:०१

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक...

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम...

वि.सं.२०८२ माघ ७ बुधवार २२:०२

  कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ’

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको...

वि.सं.२०८२ माघ ७ बुधवार १७:१४

  प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस...

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

वि.सं.२०८२ माघ ७ बुधवार ११:२२

  काठमाडौं। आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका...