CG Electronics
Ncell NPL
NIMB

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिती छैन : मन्त्री पौडेल

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिती नरहेको बताएका छन् ।

मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौंभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति रहे पनि काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भनेर भन्ने स्थिती छैन । तर टिक्ने कुरा असाध्यै मुस्किल छ । टिकाउने कुरा असाध्यै गाह्रो बनिरहेको छ । काठमाडौंभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति छ । तर काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको स्थिती छ । त्यसैले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने र काठमाडौं बाहिर दुरदराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ती खटिने स्थिती हामीले बनाउन सक्नुपर्छ ।

त्यसका लागि उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी छ । जनशक्ति उत्पादन कम खर्चिलो, नागरिकको आर्थिक दायित्व नहुने राज्यको आवश्यकता भएको कारणले राज्यले लगानी गरेर उत्पादन गर्ने स्थिती हामीले बनाउन जरुरी छ ।’

साथै, उनले स्वास्थ्य जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ती प्रोत्साहित गर्ने र व्यक्तिगत उन्नयनका खुड्किलाहरुलाई सहज बनाउने स्थिती बनाउन जरुरी रहेको बताए । उनले २० वर्ष अगाडि काउन्सिलमा जति डाक्टरको संख्या दर्ता थियो त्यसको तीन गुणा, चार गुणा बढेको अवस्था भएपनि नेपालमा टिकाउन गाह्रो रहेको बताए ।

उनले भने, ‘जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ती प्रोत्साहित गर्ने र व्यक्तिगत उन्नयनका खुड्किलाहरुलाई सहज बनाउने स्थिती हामीले बनाउन जरुरी छ । २० वर्ष अगाडि काउन्सिलमा जति डाक्टरको संख्या दर्ता थियो त्यसको तीन गुणा, चार गुणा बढेको अवस्था छ ।

अबको पाँच, सात वर्षपछि गंगालालमा मुटु उपचारको विशिष्टता हासिल गरेको चिकित्सक अभाव हुने स्थिती छ । सातै प्रदेशमा क्यानसर सेवा विस्तार गरेका छौं । तर विज्ञापनको आधारमा फाराम भरेर जाँच दिनेहरुको फेरी कमि हुने छ । हामीहरुको उपचारात्मक प्रणालीमा जनशक्तिको प्रयाप्तता पुर्याउन आवश्यक छ ।’

CG Electronics
विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४९

पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य...

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक प्रचार हुने गरेको छ :बिनोद चौधरी

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४५

  नवलपरासी,पश्चिम्। नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का...

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा...

वि.सं.२०८२ माघ २८ बुधवार २१:१८

  काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा...

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको नेतृत्व

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको...

वि.सं.२०८२ माघ २८ बुधवार ११:५०

  काठमाडौ । नेपाली कांग्रेसको निर्वाचन प्रचार–प्रसार समिति कार्यालय, सरावल...

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता, नेपाल–कतार द्विपक्षीय लगानी, निजी क्षेत्रबिचको सहकार्यबारे छलफल

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको...

वि.सं.२०८२ माघ २८ बुधवार ०९:०१

  काठमाडौं । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड...

नेपालमा लगानी बढाउन कतारी टोलीको चासो, गभर्नर पौडेलसँग भेटवार्ता

नेपालमा लगानी बढाउन कतारी टोलीको चासो, गभर्नर...

वि.सं.२०८२ माघ २८ बुधवार ०८:५७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा...