Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिती छैन : मन्त्री पौडेल

kumari  bank

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिती नरहेको बताएका छन् ।

मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौंभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति रहे पनि काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भनेर भन्ने स्थिती छैन । तर टिक्ने कुरा असाध्यै मुस्किल छ । टिकाउने कुरा असाध्यै गाह्रो बनिरहेको छ । काठमाडौंभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति छ । तर काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको स्थिती छ । त्यसैले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने र काठमाडौं बाहिर दुरदराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ती खटिने स्थिती हामीले बनाउन सक्नुपर्छ ।

त्यसका लागि उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी छ । जनशक्ति उत्पादन कम खर्चिलो, नागरिकको आर्थिक दायित्व नहुने राज्यको आवश्यकता भएको कारणले राज्यले लगानी गरेर उत्पादन गर्ने स्थिती हामीले बनाउन जरुरी छ ।’

साथै, उनले स्वास्थ्य जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ती प्रोत्साहित गर्ने र व्यक्तिगत उन्नयनका खुड्किलाहरुलाई सहज बनाउने स्थिती बनाउन जरुरी रहेको बताए । उनले २० वर्ष अगाडि काउन्सिलमा जति डाक्टरको संख्या दर्ता थियो त्यसको तीन गुणा, चार गुणा बढेको अवस्था भएपनि नेपालमा टिकाउन गाह्रो रहेको बताए ।

उनले भने, ‘जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ती प्रोत्साहित गर्ने र व्यक्तिगत उन्नयनका खुड्किलाहरुलाई सहज बनाउने स्थिती हामीले बनाउन जरुरी छ । २० वर्ष अगाडि काउन्सिलमा जति डाक्टरको संख्या दर्ता थियो त्यसको तीन गुणा, चार गुणा बढेको अवस्था छ ।

अबको पाँच, सात वर्षपछि गंगालालमा मुटु उपचारको विशिष्टता हासिल गरेको चिकित्सक अभाव हुने स्थिती छ । सातै प्रदेशमा क्यानसर सेवा विस्तार गरेका छौं । तर विज्ञापनको आधारमा फाराम भरेर जाँच दिनेहरुको फेरी कमि हुने छ । हामीहरुको उपचारात्मक प्रणालीमा जनशक्तिको प्रयाप्तता पुर्याउन आवश्यक छ ।’

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२५

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

वि.सं.२०८२ जेठ १ बिहीवार १३:१७

  काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३६

बैशाख ३१, चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर...

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३०

    सिन्धुपालचोक, ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा...