Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

राष्ट्रिय वाणिज्य बैंक र रेडियो नेपालबीच सम्झौता

kumari  bank

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल बीच रेडियो नेपालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालका का.मु. प्रमुख प्रशासकिय अधिकृत बिष्णुराम न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात रेडियो नेपालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई कम्पनीकोे सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ ।

हाल बैंकको आधार दर ५.१४ प्रतिशत रहेको छ । सम्झौता अनुसार रेडियो नेपालका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाल लोहनी, उपकार्यकारी अधिकृतहरु विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा, विभागीय प्रमुखहरु भोलानाथ पौडेल, दिनेश गौतम, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय सिंहदरबार परिसरका शाखा प्रबन्धक अनिश रायमाझी, रेडियो नेपालका नायब निर्देशक पुष्पकरराज गौतम, उपनिर्देशक बद्रिविलास तण्डुकार लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

वि.सं.२०८२ जेठ २ शुक्रवार १६:१०

  काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा...

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा – स्टाइल, शक्ति र स्मार्टनेसको त्रिवेणी

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा...

वि.सं.२०८२ जेठ २ शुक्रवार ००:००

काठमाडौं, जेष्ठ ०१– नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन...

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को...

वि.सं.२०८२ जेठ १ बिहीवार २२:२३

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका...

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता तथा तालिम कार्यक्रम सम्पन्न

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३७

  काठमाडौँ । लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३१

काठमाडौँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा...

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:५५

  काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज...