Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

धनगढीमा पञ्चकन्या ग्रुपको ‘पञ्चकन्या बाथवेयर’ ब्रान्डको प्रिमियम शुभारम्भ

kumari  bank

 

काठमाडौँ । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड ‘पञ्चकन्या बाथवेयर’ को धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। उक्त शुभारम्भले देशको बाथवेयर बजारमा लामो समयदेखि देखिएको दुर्दशा अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ।

पञ्चकन्या बाथवेयरले सुचिन्तित रूपमा डिजाइन गरिएको प्रिमियम स्तरको ट्याप, सावर, स्पाउट लगायत अन्य सहायक उपकरणहरू प्रस्तुत गर्दैछ, जसले विलासिता, पहुँचयोग्यता र दीर्घकालीन भरपर्दोपनको सन्तुलन प्रदान गर्छ। डिजाईन उत्कृष्टता, स्थायित्व र वातावरणमैत्री उत्पादनमा केन्द्रित यो ब्रान्डले नेपाली घरपरिवार तथा व्यवसायिक स्थलहरूको दैनिक जीवनशैलीमा नयाँ परिभाषा ल्याउने दावी गरिएको छ।

धनगढीमा आयोजित डिलर लञ्च कार्यक्रममा उद्योग, शिक्षा, निर्माण, होटल तथा हार्डवेयर क्षेत्रका ६० भन्दा बढी विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तर र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धता व्यक्त गर्दै बाथवेयर बजारमा ब्रान्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाहरूको चर्चा गरे ।

उक्त अवसरमा पञ्चकन्या बाथवेयरका सेल्स हेड बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी बजार रणनीतिबारे सहभागीहरूलाई विस्तृत जानकारी गरे । उनले बजारमा उपभोक्ताको बढ्दो चेतना र गुणस्तरीय विकल्पप्रतिको मागलाई ध्यानमा राखी ब्रान्डले कसरी ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न खोजेको हो भन्ने विषयमा पनि प्रकाश गरे ।

कार्यक्रममा पुष्कर ओझा (वरिष्ठ उपाध्यक्ष, उद्योग व्यवसायी संघ कैलाली), चेडुलाल चौधरी (प्रबन्ध निर्देशक, चौधरी कन्स्ट्रक्सन), प्रकाश सेठी (केन्द्रीय उपाध्यक्ष, निर्माण व्यवसायी संघ), मुकेश जोशी (निर्देशक, स्ट्रीमलाइन इन्जिनियरिङ), अमित भोजानिया (निर्देशक, नेत्रेश्वरी इन्टरप्राइजेज), कुबेर शाही (अध्यक्ष, हार्डवेयर एसोसिएसन कैलाली), छबी भण्डारी (प्रबन्ध निर्देशक, गणपती ट्रेडलिंक), दीर्घ जोशी (सञ्चालक, सनलाइट होटल), हरि रेग्मी (अध्यक्ष, क्रेसेन्ट सिटी स्कुल), मान सिंह साउद (प्रबन्ध निर्देशक, चौलानी ग्रुप), जय पृथ्वी चन्द (प्रबन्ध निर्देशक, पद्म अस्पताल), प्रदीप थापा (निर्देशक, होटल जलसा), शैलेश कुमार सिंह (प्रबन्ध निर्देशक, नेपाल वेस्टर्न एकेडेमी), कृष्ण गोपाल भण्डारी (प्रबन्ध निर्देशक, बीबीसी कन्सल्टेन्ट), बिरेन्द्र जोशी (प्रबन्ध निर्देशक, सेरा इन्जिनियरिङ), हीरालाल चौधरी (अध्यक्ष, प्लम्बर एसोसिएसन) र केशर पाण्डे (अध्यक्ष, होटल एसोसिएसन कैलाली) लगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले उत्पादनको औपचारिक परिचयसँगै नेपालको बाथवेयर उद्योगको भविष्य, गुणस्तरीय निर्माण सामग्रीको अभाव, र उपभोक्ताको बदलिंदो प्राथमिकताबारे अर्थपूर्ण छलफलको अवसर पनि प्रदान गर्‍यो। सहभागीहरूको उत्साही सहभागिताले गुणस्तर र पहुँचयोग्यता सन्तुलन गर्ने पञ्चकन्या बाथवेयरप्रति बजारको सकारात्मक रुचि स्पष्ट देखिएको थियो।

पञ्चकन्या ग्रुपले विगत चार दशकदेखि नेपालमा निर्माण सामग्रीको क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्दै आइरहेको छ। पाइप, स्टिल, स्ट्रक्चरल, प्लास्टिक समाधानदेखि लिएर हालसालै विस्तार गरिएको बाथवेयर लाइनसम्म, पञ्चकन्याले गुणस्तर र भरपर्दोपनमा कहिल्यै सम्झौता गरेको छैन। पञ्चकन्या बाथवेयरको औपचारिक शुभारम्भ कम्पनीको विकास यात्राको अर्को महत्वपूर्ण अध्याय हो, जसले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको अनुभव आफ्नै मुलुकमा उपलब्ध गराउने लक्ष्य लिएको छ।

पञ्चकन्या बाथवेयरले मूल्य, गुणस्तर र डिजाईनका दृष्टिकोणले प्रतिस्पर्धी र विश्वसनीय ब्रान्डको रूपमा आफूलाई स्थापित गर्न तत्पर देखिएको छ। धनगढीबाट शुरु भएको यो यात्रा निकट भविष्यमा देशका अन्य सहरहरूमा पनि विस्तार हुँदै जाने अपेक्षा गरिएको छ।

 

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

वि.सं.२०८२ जेठ २ शुक्रवार १६:१०

  काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा...

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा – स्टाइल, शक्ति र स्मार्टनेसको त्रिवेणी

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा...

वि.सं.२०८२ जेठ २ शुक्रवार ००:००

काठमाडौं, जेष्ठ ०१– नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन...

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को...

वि.सं.२०८२ जेठ १ बिहीवार २२:२३

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका...

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता तथा तालिम कार्यक्रम सम्पन्न

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३७

  काठमाडौँ । लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३१

काठमाडौँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा...

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:५५

  काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज...