Ncell NPL
NIMB
Everest Bank

९० मेगावाटको मस्र्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा, निर्माण कार्य अघि बढ्ने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । गोरखा, लमजुङ र तनहुँ जिल्लाको सिमानामा पर्ने मस्र्याङ्दी नदीमा निर्माण हुन लागेको ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ।

एम. ए. पावर प्रा. लि. द्वारा निर्माण गरिने उक्त आयोजनाको लागि कुमारी बैंक लिमिटेडको अगुवाइमा आज (बैशाख ३१) लगानीसम्बन्धी सम्झौता सम्पन्न गरिएको हो।

सम्झौतामा एम. ए. पावर प्रा. लि.का अध्यक्ष श्री अनुप आचार्य तथा कुमारी बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत श्री क्षितिज खड्काको उपस्थिति रहेको थियो।

यस आयोजनामा कुमारी बैंक लिमिटेड, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त लगानी रहनेछ। यी संस्थाहरूको संयुक्त ऋण लगानी रु. १५ अर्ब १८ करोड ७५ लाख रहेको छ।

आयोजनाको स्वपुँजी लगानी तर्फ श्री अनुप आचार्य, श्री हरिबाबु न्यौपाने र श्री दीपक बरालले योगदान गर्नेछन् भने डोल्मा इम्प्याक्ट फण्डले संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्ने अध्यक्ष आचार्यले जानकारी दिनुभयो।

यसै समूहबाट निर्माणाधीन २२ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

मस्र्याङ्दी आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता २०८० साल कात्तिक १ गते सम्पन्न भइसकेको छ भने व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य २०८६ साल बैशाख २२ गते राखिएको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अन्तिम स्वीकृति प्रक्रियामा रहेको र आयोजनाबाट उत्पादित विद्युत् २२० केभीको सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब-स्टेशनमा २२०/१३२ केभीमा जोडिने जानकारी दिइएको छ।

यस आयोजनाबाट नेपालको जलविद्युत् विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

बेकोले ल्यायो फ्रि ए. सी. सर्भिस क्याम्प र विशेष एक्सचेन्ज योजना

बेकोले ल्यायो फ्रि ए. सी. सर्भिस क्याम्प...

वि.सं.२०८२ फागुन ३० शनिवार १९:३०

  काठमाडौं। +अन्तर्राष्ट्रिय रूपमा परिचित होम एप्लायन्स ब्रान्ड Beko ले...

वायु प्रदूषण ‘हानिकारक’ स्तरमा, Midea का शक्तिशाली एयर प्युरिफायर स्वच्छ हावाकालागि उपलब्ध

वायु प्रदूषण ‘हानिकारक’ स्तरमा, Midea का शक्तिशाली...

वि.सं.२०८२ फागुन ३० शनिवार १९:२५

  काठमाडौँ उपत्यकालगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा...

ग्यास संकटको पूर्ण समाधान: सीजीका साना घरायसी उपकरण (SDA) ले ल्यायो ८ अत्याधुनिक कुकटपहरू, ‘ग्लास’ मा २ वर्षको अभूतपूर्व वारेन्टी

ग्यास संकटको पूर्ण समाधान: सीजीका साना घरायसी...

वि.सं.२०८२ फागुन ३० शनिवार १९:२०

  काठमाडौँ, नेपाल – मध्यपूर्व एसियाPमा बढ्दै गएको भू-राजनीतिक अस्थिरताका...

ग्यास संकटका बीच आधुनिक समाधान: मिडियाका पाँच इन्डक्सन हब नेपाली बजारमा

ग्यास संकटका बीच आधुनिक समाधान: मिडियाका पाँच...

वि.सं.२०८२ फागुन २९ शुक्रवार १४:५८

    काठमाडौं। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो भू–राजनीतिक तनाव...

बाइकर, इन्फ्लुएन्सर र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थितिमा सीएफमोटोको २५० डुअल ईएफआई मोटरसाइकल लन्च

बाइकर, इन्फ्लुएन्सर र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थितिमा सीएफमोटोको...

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:११

  काठमाडौँ, नेपाल, फागुन २८, नेपालको लागि सिएफमोटोको आधिकारिक तथा...

ओपो ए६ स्मार्टफोन नेपालमा सार्वजनिक: लामो ब्याट्री, चम्किलो एमोलेड डिस्प्ले र अन्डरवाटर क्यामेरा सुविधा

ओपो ए६ स्मार्टफोन नेपालमा सार्वजनिक: लामो ब्याट्री,...

वि.सं.२०८२ फागुन २९ शुक्रवार १०:२४

काठमाडौं, नेपाल – ओपो ले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो...