CG Electronics
IME Life
NIMB

डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न, डिजिटल मधेशको आगामी रणनीति बनाउन सहयोगी हुने

NIMB
Himalayan Bank

बर्दिवास, महोत्तरी । मधेश प्रदेशमा पहिलो पटक आयोजना भएको डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा महोत्तरीको बर्दिवासमा वैशाख ३१ गते कन्क्लेभ आयोजना भएको थियो ।

होटल नाभ्यामा दिनभर सञ्चालन भएको कन्क्लेभमा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा बृहत छलफल र अन्तर्किया भएको थियो । कन्क्लेभले डिजिटल मधेशका लागि आगामी रणनीति बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ थिममा केन्द्रित कन्क्लेभमा ३ किनोट प्रस्तुती, ६ बढी थिम्याटिक प्यानल सेसन र ३० बढी विज्ञको सहभागीता रहेको थियो । कन्क्लेभमा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसहित विभिन्न मन्त्रालयका मन्त्री, सांसद, पूर्व मन्त्री, जनप्रतिनिधि, उच्च सरकारी अधिकारी, विज्ञ, सरोकारवालाहरू लगायत ३०० बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, एआई र डेटा सुरक्षा, स्टार्टअप र इन्नोभेसन इकोसिस्टम, आइसिटी नीति, डिजिटल गभर्नेन्स लगायतका विषयमा विभिन्न प्रस्तुति र छलफल गरिएको आयोजकले जानकारी दिएको छ ।
कन्क्लेभमा विभिन्न डिजिटल इनिसिएटिभ्स र डिजिटल रुपान्तरणका आइडियाहरूले शोकेश तथा प्रस्तुतीको अवसरमा समेत पाएका थिए ।
कार्यक्रममा मधेश प्रदेशको डिजिटल च्याम्पियनको रूपमा खल्तीका सह-संस्थापक अरविन्द साह, डायमानिक टेक्नोसफ्टका सीईओ दिपक साह र स्किल स्पार्कका संस्थापक सिर्जना झालाई सम्मान गरिएको छ ।

कन्क्लेभलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले डिजिटल प्रविधिमा मधेश प्रदेशले ठूलो सम्भावना बोकेको बताउँदै यसका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिए ।

यस्तै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले डिजिटल मधेशलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने बताए । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमल प्रसाद बरालले डिजिटल मधेशलाई योजनाबद्ध ढंगबाट अगाडि बढाउन कन्क्लेभले दिशानिर्देश गर्ने बताए ।

आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नेपालको अभियानमा फाउन्डेसनले एउटा इट्टा थप्ने काम गरिरहेको बताउँदै डिजिटल मधेश कन्क्लेभले पनि डिजिटल मधेशका लागि आवश्यक नीति तथा कार्यक्रम र बजेटमा तयार गर्न सघाउने विश्वास व्यक्त गरे ।

असोसियोका उपाध्यक्ष तथा क्यान महासंघका पूर्व अध्यक्ष नवराज कुँवरले नेपालमा राम्रा राम्रा नीति तथा कानुन भएपनि कार्यान्वयन फितलो हुँदा आईटीमा सोचे अनुरूप विकास हुन नसकेको बताए । कार्यक्रममा बोल्दै क्यान महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश शर्माले मधेशको डिजिटलाइजेसनका लागि आवश्यक बजेट छुट्याउन प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

कन्क्लेभको विभिन्न सेसनमा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. शोहन प्रसाद साह, आइसिटी विज्ञ विवेक राणा, वर्ल्डलिंकका सिनियर म्यानेजर आशिष सिग्देल, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल टेलिकम मधेश प्रदेशका डेपुटी म्यानेजर महेश ढुंगाना, नेपाल विद्युत प्राधिकरण मधेश प्रदेशका निमित्त प्रमुख सुनिल कुमार साह, एनसेल मधेश प्रदेशका म्यानेजर विवेक केसी, वर्ल्डलिंकका रिजनल म्यानेजर सतिश राज भण्डारी, दूरसञ्चार एण्ड साइबर सुरक्षा विज्ञ विशालमणी उपाध्याय, काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य शैलेन्द्र झा प्रस्तुतकर्ता तथा वक्ताको रूपमा रहेका थिए ।

यसैगरी जनता माध्यमिक विद्यालयका प्रधानध्यापक रामशरण महत्तो, गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महत्तो, मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्र, एनवाईईएफ जनकपुरका अध्यक्ष डा. सोनु कुमार, जनज्योती बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवहरि नेपाल, खल्तीका सहसंस्थापक अरविन्द साह, कनेक्ट किसानका सीईओ राजन दाहाल, मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल, ई-गभर्नेन्स बोर्डका सह-सचिव अनिल दत्त, गाउँपालिका राष्ट्रिय महासंघ मधेश प्रदेशका उपाध्यक्ष ममता महत्तो पनि विभिन्न सेसनमा प्रस्तुतकर्ता तथा वक्ताको रूपमा रहेका थिए ।

आइसिटी फाउन्डेसन नेपालले मधेश प्रदेश सरकारसँगको सहकार्यमा यो कन्क्लेभ आयोजना गरेको हो । यसअघि कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा पनि गत वैशाख ९ र १० गते सुर्खेतमा २ दिने डिजिटल कर्णाली कन्क्लेभको आयोजना गरिएको थियो । प्रादेशिक कन्क्लेभको रुपमा आयोजना भइरहेको यस कार्यक्रम प्रदेश सरकारहरूको प्रत्यक्ष आयोजकको रूपमा सहभागिता हुँदै आएको छ ।

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...