CG Electronics
Ncell NPL
NIMB

सिटिजन्स बैंकद्वारा र्‍यापिड एपीआई बैंकिङ प्रणाली सुरु

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबस प्रालिसँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म (र्‍यापिड) सञ्चालनमा ल्याइएको छ ।

यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा र्‍यापिडले ग्राहकको ईआरपी प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा ईआरपीभित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ ।

साथै दोस्रो चरणमा, र्‍यापिड विश्वव्यापी मापदण्ड आईएसओ २००२२ तथा एमएफए र ओअथ२ जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपीआई उपलब्ध गराउनेछ, जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु–हस्ताक्षर) परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फत गरिएका कारोबारहरूको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीहरूको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने, जस्ता सेवाहरू उपलब्ध हुनेछन् ।

र्‍यापिडले व्यवसायिक प्रयोगकर्तालाई ओअथ२ मार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ, र प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोड (टीओटीपी) को माध्यमबाट थप सुरक्षा प्रदान गर्छ। सम्पूर्ण डेटा आधुनिक पीकेआई प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।

 

CG Electronics
‘वेब समिट कतार २०२६’ मा एकमात्र नेपाली कम्पनी टिङटिङ : विश्वमञ्चमा नेपालको प्रविधि शक्ति प्रदर्शन गर्दै

‘वेब समिट कतार २०२६’ मा एकमात्र नेपाली...

वि.सं.२०८२ माघ २३ शुक्रवार १७:१७

  काठमाडौ । विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि सम्मेलन ’वेब समिट...

भिभोको विश्वकप उत्सवः स्मार्टफोन खरिदमा निःशुल्क विश्वकप जर्सी

भिभोको विश्वकप उत्सवः स्मार्टफोन खरिदमा निःशुल्क विश्वकप...

वि.सं.२०८२ माघ २३ शुक्रवार १६:५३

  काठमाडौं। नेपाल – विश्वव्यापी प्रविधि ब्रान्ड भिभोले नेपाली क्रिकेट...

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

  काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को...

नेपाल एसबिआई बैंक र GIZ नेपालबीच विद्युतीय यातायात प्रवर्द्धनका लागि सम्झौता

नेपाल एसबिआई बैंक र GIZ नेपालबीच विद्युतीय...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:३९

  काठमाडौं। माघ ३ — नेपाल एसबिआई बैंक लिमिटेड र...

नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न

नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व...

वि.सं.२०८२ माघ २३ शुक्रवार १३:५४

  काठमाडौं। नेपाल - नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले उत्कृष्ट सेवा...

बिएफआईएनद्वारा आयोजित बीमा सम्बन्धी एकदिने कार्यक्रम आज काठमाडौंमा

बिएफआईएनद्वारा आयोजित बीमा सम्बन्धी एकदिने कार्यक्रम आज...

वि.सं.२०८२ माघ २३ शुक्रवार ०८:५२

काठमाडौं । बिएफआईएन नामक संस्थाको आयोजनामा बीमा क्षेत्रसँग सम्बन्धित एकदिने...