CG Electronics
Ncell NPL
NIMB

पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सञ्चारकर्मी दिलभुषण पाठकले संचालन गरेको युट्युब च्यानल ‘टफ टक’मा आबद्ध पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा छन् ।

अर्यालले आफूलाई प्रहरीले पिछा गरिरहेको बताए । विहीबार विहानदेखि ललितपुर कुपोन्डोल निवास नजिक प्रहरीले निगरानी बढाएको नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पुष्टि गरे । अर्याललाई पक्राउ गर्न खोजीरहेको लम्सालले जनाए ।

उनले भने,‘प्रेस स्वतन्त्रता दबाउने र पत्रकारमाथि मुद्दा लगाउने सरकारको यो कदम लोकतन्त्रको लागि खतरा हो।’
पाठकलाई काठमाडौँ जिल्ला अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । सञ्चारकर्मी पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको एक भिडिओ सामग्रीलाई लिएर उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए ।

लामो समय कान्तिपुर टेलिभिजनमा आबद्ध भएका पत्रकार अर्याल पछिल्लो समय ‘टफ टक’मा सम्पादकीय नेतृत्व गरिरहेका थिए । उनलाई विहीबार विहानदेखि नै प्रहरीले पिछा गरिरहेको थियो ।

CG Electronics
गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त कार्यशाला सम्पन्न

गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:५४

  गैरआवासीय नेपाली (NRN) सम्बन्धी ऐनको संशोधन तथा एकीकरणका लागि...

पश्चिम नवलपरासीमा कांग्रेस प्रवेश तीव्र: विनोद चौधरीद्वारा स्वागत

पश्चिम नवलपरासीमा कांग्रेस प्रवेश तीव्र: विनोद चौधरीद्वारा...

वि.सं.२०८२ फागुन १ शुक्रवार २१:०२

  नवलपरासी पश्चिममा फागुन २१ को आम निर्वाचन नजिकिँदै जाँदा...

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा...

वि.सं.२०८२ फागुन १ शुक्रवार २०:५९

  नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं...

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४९

पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य...

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक प्रचार हुने गरेको छ :बिनोद चौधरी

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४५

  नवलपरासी,पश्चिम्। नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का...

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा...

वि.सं.२०८२ माघ २८ बुधवार २१:१८

  काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा...