CG Electronics
Ncell NPL
NIMB

संघीर सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सीपी लोहिया
बैतडी। आर्थिक वर्ष २०८२-०८३का लागि सङ्घीय सरकारबाट बैतडीमा करिब २ अर्बको बजेट स्वीकृत भएको छ । बैतडीबाट निर्वाचित सांसद एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको समन्वयमा आगामी आर्थिक वर्षका लागि एक अर्ब ९५ करोड २ लाख १९ हजार रुपैयाँ बराबरका योजनाहरू स्वीकृत भएका हुन् ।

उक्त बजेटको प्राथमिकतामा सडक, खानेपानी, सहरी पूर्वाधारदेखि कृषि, पर्यटन, खेलकुद र सुरक्षा क्षेत्रमा केन्द्रित योजनाहरू रहेका छन् । सङ्घीय सरकारका विभिन्न मन्त्रालयहरू मार्फत उक्त बजेट विनियोजन भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

मन्त्री भण्डारीले नेतृत्व गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट २१ करोडका योजनाहरू स्वीकृत भकाएछन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत सबैभन्दा बढी ६२ करोडका योजनाहरू स्वीकृत भकाएछन् । महाकाली कोरिडोर अन्तर्गत यसपालि २८ करोड ८८लाख बढी रुपैयाँ विनियोजन भएको छ भने, अन्य सडकहरूले पनि बजेटमा प्राथमिकता पाएका छन् ।

त्यसै गरी सहरी विकास मन्त्रालय अन्तरगत ७७ करोड बढी रकम विनियोजन गरिएको छ । उक्त मन्त्रालय अन्तरगत नयाँ सहर पाटन बैतडी मार्फत झण्डै १३ करोड रकम विनियोजन गरिएकोमा सघन सहरी डोटी र कैलाली कार्यालयबाट ६५ करोड बढी रकम विनियोजन भएको छ । बैतडीका लागि ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालयबाट करिब २ करोड रकम विनियोजन भएको छ भने युवा खेलकुद मन्त्रालय अन्तरगत ३करोड रकम विनियोजन भएको छ ।

बैतडीमा संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट कार्यान्वयन हुने गरी ३करोड ७० लाख रकम बराबरको बजेट विनियोजन भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तरगत बैतडी जिल्लामा १करोड ३७ लाख रकम विनियोजन भएको छ ।

सङ्घीय सरकारबाट बैतडीमा विभिन्न पूर्वाधारहरू निर्माण तथा सहरी विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण योजनाहरू स्वीकृत भएका छन् । सडक स्तरोन्नति, सभा हल निर्माण, ल्यान्डफिल साइट निर्माण लगायतका योजनाहरूले प्राथमिकता पाएका छन् । भवन निर्माणतर्फ बहुउद्देश्यीय कोल्ड स्टोर, पाटन बहुमुखी क्याम्पस भवन, जिल्ला कारागार भवन, विभिन्न कार्यालय तथा सेवा भवनहरूको पुनर्निर्माणका योजनाहरू समावेश छन् ।

खेलकुद, धार्मिक स्थल संरक्षण, जडीबुटी पहुँच मार्ग, सिँचाइ, पदमार्ग, तटबन्ध निर्माण लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ ।

CG Electronics
विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४९

पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य...

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक प्रचार हुने गरेको छ :बिनोद चौधरी

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४५

  नवलपरासी,पश्चिम्। नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का...

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा...

वि.सं.२०८२ माघ २८ बुधवार २१:१८

  काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा...

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको नेतृत्व

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको...

वि.सं.२०८२ माघ २८ बुधवार ११:५०

  काठमाडौ । नेपाली कांग्रेसको निर्वाचन प्रचार–प्रसार समिति कार्यालय, सरावल...

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता, नेपाल–कतार द्विपक्षीय लगानी, निजी क्षेत्रबिचको सहकार्यबारे छलफल

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको...

वि.सं.२०८२ माघ २८ बुधवार ०९:०१

  काठमाडौं । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड...

नेपालमा लगानी बढाउन कतारी टोलीको चासो, गभर्नर पौडेलसँग भेटवार्ता

नेपालमा लगानी बढाउन कतारी टोलीको चासो, गभर्नर...

वि.सं.२०८२ माघ २८ बुधवार ०८:५७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा...