CG Electronics
Ncell NPL
NIMB

दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी ४दिने अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, एसियाली उत्पादकत्व संगठन ( APO ) र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको संयुक्त आयोजनामा भएको उक्त कार्यशालामा १४ वटा APO सदस्य रहेका देशहरूबाट १८ जना सरकारी अधिकारी, पर्यटन व्यवसायी र अभ्यासकर्ताहरूको सहभागितामा उक्त कार्यशाला सम्पन्न भएको हो ।

दिगोपन, समावेशिता र सांस्कृतिक विरासतलाई अगाडि बढाउने नीति र अभ्यासहरू डिजाइन र कार्यान्वयन गर्न पर्यटन सरोकारवालाहरू बिच क्षमता निर्माणमा कार्यशाला केन्द्रित रहेको थियो । यसमा समावेशी पर्यटन मोडेलहरू, जिम्मेवार पर्यटनको लागि डिजिटल प्रयासहरू, दिगो पर्यटनको लागि प्रत्ययन, प्रमाणीकरण र मापदण्डहरूका साथै नीति ढाँचा लगायतका विषयक विशेषज्ञ सत्रहरू प्रस्तुत गरिएको छ ।

कार्यशालामा Global Sustainable Tourism Council का प्रमुख आश्वासन अधिकारी डा. मिही काङले पर्यटनमा दिगोपन, यसको विकास, र वातावरणीय, सामाजिक र आर्थिक प्रभावहरूलाई न्यूनीकरणमा यसको भूमिकाको विस्तृत सिंहावलोकन प्रदान गर्दै विशेषज्ञ सत्रहरूको शृङ्खला प्रस्तुत गरेकी छन् । उनले प्रमाणीकरण प्रणाली सम्बन्धमा चुनौतीहरू र फाइदाहरूलाई प्रकाश पार्दै प्रभावकारी पर्यटन नीति, सामुदायिक पुनर्उत्थानशीलता र संरक्षणलाई प्रोत्साहन गर्ने अन्तर्राष्ट्रिय उदाहरणहरू प्रस्तुत गरिन् ।

त्यसै गरी Planet Abled की संस्थापक नेहा अरोराले समावेशी पर्यटनको विषयमा विशेषज्ञ सत्रहरू प्रस्तुत गरिन् । साथै नेपालको पर्यटन क्षेत्रमा लामो अनुभव भएका राष्ट्रिय स्रोत व्यक्ति सुदिप भाजु र पंकज प्रधानांगले नेपालको पर्यटन क्षेत्रको विषयमा विशेष प्रस्तुतीकरण गरेका थिए । कार्यशालाको अन्तरक्रियात्मक ढाँचाले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सहभागीहरू, स्रोत व्यक्तिहरू बिच अन्तर सहयोगी सिकाइ र अनुभव आदानप्रदानलाई प्रोत्साहित गरेको थियो ।

कक्षा सत्रहरूको अतिरिक्त, सहभागीहरूले युनेस्को विश्व सम्पदा स्थल पाटन दरबार स्क्वायरको साइट भ्रमणमा भाग लिए, जहाँ उनीहरूले सांस्कृतिक संरक्षण र सामुदायिक संलग्नतासँग पर्यटन विकासलाई सन्तुलनमा राख्ने स्थानीय प्रयासहरूको अवलोकन गरेका छन् । ज्ञान आदानप्रदानलाई महत्त्व दिएर यस कार्यशालाले वातावरणीय रूपमा जिम्मेवार, सामाजिक रूपमा समावेशी र आर्थिक रूपमा लचिलो पर्यटन क्षेत्रहरू विकास गर्न एसिया–प्रशान्त देशहरूलाई सहयोग गर्ने दिशामा एक कदम अगाडि बढाएको छ ।

सन् २००९ पछि पहिलो पल्ट नेपालले आयोजना गरेको एपियो अन्तर्राष्ट्रिय कार्यशालाको सफलताले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रलाई यस प्रकारका कार्यक्रम आयोजना गर्न थप ऊर्जा मिलेको कार्यशालाका सहभागीहरूले बताएका छन् ।

CG Electronics
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक...

वि.सं.२०८२ माघ ९ शुक्रवार २१:५७

  काठमाडौ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा...

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको सहकार्य

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२१

काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई...

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता...

वि.सं.२०८२ माघ ८ बिहीवार ००:०१

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक...

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम...

वि.सं.२०८२ माघ ७ बुधवार २२:०२

  कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ’

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको...

वि.सं.२०८२ माघ ७ बुधवार १७:१४

  प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस...

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

वि.सं.२०८२ माघ ७ बुधवार ११:२२

  काठमाडौं। आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका...