CG Electronics
Ncell NPL
NIMB

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गर्नुभएको थियो ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समय सिमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ताप्लेजुङ्ग जिल्लाको माथिल्लो मेवा खोलामा निमार्ण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ ।

यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न हुने छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

CG Electronics
‘वेब समिट कतार २०२६’ मा एकमात्र नेपाली कम्पनी टिङटिङ : विश्वमञ्चमा नेपालको प्रविधि शक्ति प्रदर्शन गर्दै

‘वेब समिट कतार २०२६’ मा एकमात्र नेपाली...

वि.सं.२०८२ माघ २३ शुक्रवार १७:१७

  काठमाडौ । विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि सम्मेलन ’वेब समिट...

भिभोको विश्वकप उत्सवः स्मार्टफोन खरिदमा निःशुल्क विश्वकप जर्सी

भिभोको विश्वकप उत्सवः स्मार्टफोन खरिदमा निःशुल्क विश्वकप...

वि.सं.२०८२ माघ २३ शुक्रवार १६:५३

  काठमाडौं। नेपाल – विश्वव्यापी प्रविधि ब्रान्ड भिभोले नेपाली क्रिकेट...

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

  काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को...

नेपाल एसबिआई बैंक र GIZ नेपालबीच विद्युतीय यातायात प्रवर्द्धनका लागि सम्झौता

नेपाल एसबिआई बैंक र GIZ नेपालबीच विद्युतीय...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:३९

  काठमाडौं। माघ ३ — नेपाल एसबिआई बैंक लिमिटेड र...

नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न

नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व...

वि.सं.२०८२ माघ २३ शुक्रवार १३:५४

  काठमाडौं। नेपाल - नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले उत्कृष्ट सेवा...

बिएफआईएनद्वारा आयोजित बीमा सम्बन्धी एकदिने कार्यक्रम आज काठमाडौंमा

बिएफआईएनद्वारा आयोजित बीमा सम्बन्धी एकदिने कार्यक्रम आज...

वि.सं.२०८२ माघ २३ शुक्रवार ०८:५२

काठमाडौं । बिएफआईएन नामक संस्थाको आयोजनामा बीमा क्षेत्रसँग सम्बन्धित एकदिने...