CG Electronics
Ncell NPL
NIMB

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिप तथा नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्रकुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

 

एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस-एनसीएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् ।

 

 

नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एक्सेल डेभलपमेन्ट बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ ।

उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ। यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे क्युआर तथा यसका इन्टरओपेरेबल क्यूआरको मर्चेन्ट क्यूआर मा अलिपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ ।

 

चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन, इटली, अष्ट्रीया, जर्मनी लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरओपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

 

अलिपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढी अक्वारिङ नेटवर्क, ९ करोडभन्दा बढी ग्लोबल मर्चेन्टहरू आबद्ध रहेका छन् ।

 

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

 

एनपीएस-एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइँमा पु¥याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी विकास बैंकहरु मध्येको एक्सेल डेभलपमेन्ट बैंकले देशभरि रहेका ४७ वटा शाखा तथा ३ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई बैंकिङ तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

CG Electronics
२७औँ वार्षिकोत्सवका अवसरमा क्यान्सर सचेतना तथा निःशुल्क स्क्रिनिङ कार्यक्रम सम्पन्न

२७औँ वार्षिकोत्सवका अवसरमा क्यान्सर सचेतना तथा निःशुल्क...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:४७

  काठमाडौँ। नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सहकार्यमा  प्रसारण हुँदै आएको...

कोका–कोला र क्रिएसनको साझेदारीमा वर्षभरि दिगो सरसफाइ पहल, महाशिवरात्रिअघि शुभारम्भ

कोका–कोला र क्रिएसनको साझेदारीमा वर्षभरि दिगो सरसफाइ...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:३२

  काठमाडौँ। कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’...

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

वि.सं.२०८२ फागुन ३ आइतवार १२:२७

काठमाडौं।अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले...

सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:२५

  काठमाडौँ । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स कम्पनी...

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:२०

  काठमाडौँ । नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको...

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा...

वि.सं.२०८२ फागुन २ शनिवार २३:३४

  नेपाल। विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले नेपालका...