Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

जनता नमुना माध्यमिक विद्यालयमा नेपाल टेलिकमको सहयोगमा ICT LAB स्थापनार्थ सामाग्री हस्तान्तरण

 

बिराटनगर, २०८२ असार १२ – नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, बिराटनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत जनता नमुना माध्यमिक विद्यालय, बिराटनगर–२ मा ICT LAB निर्माणका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ।

 

बिराटनगर, २०८२ असार १२ – नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, बिराटनगरद्वारा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत जनता नमुना माध्यमिक विद्यालय, बिराटनगर–२ मा ICT LAB निर्माणका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको छ।

आज सम्पन्न कार्यक्रममा निर्देशनालयका निर्देशक श्री बिमलेश झा ज्यूले विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री मनोज विक्रम शाह तथा प्रधानाध्यापक श्री चिन्तामणि रिजाललाई १२ थान Lenovo All-in-One कम्प्युटर, १ थान प्रिन्टर, १२ थान UPS, १२ थान एन्टिभाइरस तथा १ थान AP Router लगायतका सामग्री हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रममा नेपाल टेलिकमका विभिन्न तहका कर्मचारी, विद्यालयका शिक्षक–कर्मचारी तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

नेपाल टेलिकमले कोशी प्रदेशका ८ वटा सामुदायिक विद्यालयमा यस्तै सामग्रीहरू उपलब्ध गराउने योजनाअनुसार हालसम्म ६ वटा विद्यालयलाई सामग्री हस्तान्तरण गरिसकेको छ। कम्पनीले देशभर नवीनतम सञ्चार प्रविधि विस्तार गर्ने कार्यमा निरन्तर प्रतिबद्ध रहँदै आएको र विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी निर्देशक झा ज्यूले दिनुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकले सामुदायिक विद्यालयका लागि IT शिक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै नेपाल टेलिकमप्रति आभार प्रकट गरे। साथै, हस्तान्तरण गरिएका सामग्रीहरूको उचित प्रयोग र संरक्षण सुनिश्चित गरिने प्रतिबद्धता समेत व्यक्त गरे।

 

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...