ntc.net.np
Ncell NPL
NIMB

जनता नमुना माध्यमिक विद्यालयमा नेपाल टेलिकमको सहयोगमा ICT LAB स्थापनार्थ सामाग्री हस्तान्तरण

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

बिराटनगर, २०८२ असार १२ – नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, बिराटनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत जनता नमुना माध्यमिक विद्यालय, बिराटनगर–२ मा ICT LAB निर्माणका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ।

 

बिराटनगर, २०८२ असार १२ – नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, बिराटनगरद्वारा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत जनता नमुना माध्यमिक विद्यालय, बिराटनगर–२ मा ICT LAB निर्माणका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको छ।

आज सम्पन्न कार्यक्रममा निर्देशनालयका निर्देशक श्री बिमलेश झा ज्यूले विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री मनोज विक्रम शाह तथा प्रधानाध्यापक श्री चिन्तामणि रिजाललाई १२ थान Lenovo All-in-One कम्प्युटर, १ थान प्रिन्टर, १२ थान UPS, १२ थान एन्टिभाइरस तथा १ थान AP Router लगायतका सामग्री हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रममा नेपाल टेलिकमका विभिन्न तहका कर्मचारी, विद्यालयका शिक्षक–कर्मचारी तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

नेपाल टेलिकमले कोशी प्रदेशका ८ वटा सामुदायिक विद्यालयमा यस्तै सामग्रीहरू उपलब्ध गराउने योजनाअनुसार हालसम्म ६ वटा विद्यालयलाई सामग्री हस्तान्तरण गरिसकेको छ। कम्पनीले देशभर नवीनतम सञ्चार प्रविधि विस्तार गर्ने कार्यमा निरन्तर प्रतिबद्ध रहँदै आएको र विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी निर्देशक झा ज्यूले दिनुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकले सामुदायिक विद्यालयका लागि IT शिक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै नेपाल टेलिकमप्रति आभार प्रकट गरे। साथै, हस्तान्तरण गरिएका सामग्रीहरूको उचित प्रयोग र संरक्षण सुनिश्चित गरिने प्रतिबद्धता समेत व्यक्त गरे।

 

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ...

वि.सं.२०८२ चैत २८ शनिवार २२:११

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक...

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु...

वि.सं.२०८२ चैत २८ शनिवार ०७:२५

  काठमाडौं, नेपाल –  यामाहा नेपालले आफ्नो अधिकृत वितरक एम.ए.डब्लू....

ई–पेन्सन प्रणाली सुरु : घरमै बसेर पेन्सन सेवा, झन्झट र खर्च दुवै घट्ने

ई–पेन्सन प्रणाली सुरु : घरमै बसेर पेन्सन...

वि.सं.२०८२ चैत २७ शुक्रवार २१:४२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ई–पेन्सन प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका...

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव...

वि.सं.२०८२ चैत २७ शुक्रवार २०:३७

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव...

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३४

  काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा...

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ...

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३१

काठमाडा । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको...