ntc.net.np
Ncell NPL
NIMB

नेपाल टेनिस संघद्वारा दिविस कप २०२५ छनौट प्रतियोगिता २ जुनदेखि सुरु हुने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल टेनिस संघले जुलाई १४ देखि मलेशियामा आयोजना हुन गइरहेको दिविस कप २०२५ ९ ग्रुप–४० प्रतियोगिताका लागि नेपाली टिम छनौटका उद्देश्यले २ जुन २०२५ ९सोमबार० देखि छनौट प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

संघका अनुसार कुल ४ जना खेलाडी मलेशियामा हुने प्रतियोगिताका लागि छनोट गरिनेछ। तीमध्ये एक खेलाडीलाई अन्तर्राष्ट्रिय टेनिस महासंघ (ITF) वा एटीपी (ATP)  रैंकिङको आधारमा र एक जनालाई राष्ट्रिय रैंकिङमा पहिलो स्थानमा रहेका खेलाडीको रूपमा प्रत्यक्ष संरक्षण दिइनेछ। बाँकी २ जना खेलाडीका लागि प्रतिस्पर्धात्मक छनौट प्रतियोगिता आयोजना गरिने छ।

यदि कुनै पनि खेलाडीले(ITF) वा (ATP) रैंक नपाएको खण्डमा भने, राष्ट्रिय रैंकको नम्बर १ खेलाडीलाई समावेश गरी बाँकी ३ स्थानका लागि छनौट प्रतियोगिता गरिनेछ।

संघले अद्यावधिक राष्ट्रिय सिडिङअनुसार शीर्ष ८ स्थानमा रहेका खेलाडीलाई छनौट प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको छ। आवश्यक परेमा त्यस सूचीबाहिरका खेलाडीहरूलाई समेत प्रतिस्थापनको रूपमा समावेश गरिनेछ। साथै, नेपालबाहिर रहेका योग्य नेपाली खेलाडीहरूबाट अधिकतम ४ जनालाई आवेदनको आधारमा छनौटमा सहभागी गराइने बताइएको छ।

छनौट प्रतियोगिता सातदोबाटो टेनिस कम्प्लेक्स, ललितपुर मा बिहान ८ः 00  बजे साइन–इन पछि सुरु हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले साईन–इन अनिवार्य रूपमा गर्नुपर्नेछ।

संघले स्पष्ट पारेको छ कि ITF /ATP रैंक प्राप्त वा नेशनल नम्बर १ खेलाडीहरूले छनौट प्रतियोगिताको २ हप्ता अगाडि, अर्थात् २०२५ मे १९ भित्र संघमा औपचारिक निवेदन दिनुपर्नेछ। यसै मितिसम्मको अद्यावधिक सिडिङलाई छनौट आधार मानिने संघले जनाएको छ।

संघले यस प्रक्रिया मार्फत निष्पक्ष र प्रतिस्पर्धात्मक छनौट सुनिश्चित गर्दै नेपालको प्रतिनिधित्व गर्ने बलियो टोली चयन गर्ने विश्वास व्यक्त गरेको छ।

 

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ...

वि.सं.२०८२ चैत २८ शनिवार २२:११

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक...

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु...

वि.सं.२०८२ चैत २८ शनिवार ०७:२५

  काठमाडौं, नेपाल –  यामाहा नेपालले आफ्नो अधिकृत वितरक एम.ए.डब्लू....

ई–पेन्सन प्रणाली सुरु : घरमै बसेर पेन्सन सेवा, झन्झट र खर्च दुवै घट्ने

ई–पेन्सन प्रणाली सुरु : घरमै बसेर पेन्सन...

वि.सं.२०८२ चैत २७ शुक्रवार २१:४२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ई–पेन्सन प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका...

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव...

वि.सं.२०८२ चैत २७ शुक्रवार २०:३७

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव...

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३४

  काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा...

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ...

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३१

काठमाडा । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको...