Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

काठमाडौं । लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेकोमा गर्व व्यक्त गरेको छ ।

पूर्व क्यान सिइओसमेत रहेकी घिमिरे क्रिकेट व्यवस्थापन र नेतृत्वमा सिद्धहस्त तथा दूरदृष्टि सम्पन्न व्यावसायिक हुन् । उनको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन् । आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन् ।

यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउने छ भन्ने लुम्बिनी लायन्सले विश्वास लिएको छ, साथै खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ ।

भावना घिमिरेको नियुक्तिको विषयमा आफ्नो प्रतिक्रिया दिँदै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भन्नु भयो, “हामी भावना घिमिरेलाई हाम्रो लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं । उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पु¥याउनेछ भन्ने मलाई लागेको छ ।,” हामी पूर्ण विश्वासका साथ भन्न सक्छौं कि उनको नेतृत्वमा लुम्बिनी लायन्सको यात्रा थप प्रेरणादायी, उद्देश्यपूर्ण

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

एनपीएल सिजन २ : एनसेल पुनः ‘पावर्ड बाई’ साझेदार, थीम – ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’

एनपीएल सिजन २ : एनसेल पुनः ‘पावर्ड...

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार २१:३७

काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल...

कर्णाली याक्सको ट्यालेन्ट हन्ट सोमबार

कर्णाली याक्सको ट्यालेन्ट हन्ट सोमबार

वि.सं.२०८२ कात्तिक १६ आइतवार २३:११

  काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लीले सोमबार ट्यालेन्ट हन्ट...

लुम्बिनी लायन्सको एन्थम सार्वजनिक

लुम्बिनी लायन्सको एन्थम सार्वजनिक

वि.सं.२०८२ कात्तिक १६ आइतवार २१:०९

काठमाडौं । लुम्बिनी लायन्सले एनपिएलको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत)...

१८औं एल.डी.काजी मेमोरियल गोल्ड कप फुटबल २०२५ : नेपालबाट दुई टिमको सहभागिता

१८औं एल.डी.काजी मेमोरियल गोल्ड कप फुटबल २०२५...

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १०:४७

काठमाडौं । सिक्किमको सोरेङ जिल्लाको चाकुङमा प्रतिष्ठित १८औं एल.डी. काजी...

बजाज पल्सर एनपीएलको ‘टु ह्विलर पार्टनर’, उत्कृष्ट तीन खेलाडीलाई पल्सर N160 पुरस्कार

बजाज पल्सर एनपीएलको ‘टु ह्विलर पार्टनर’, उत्कृष्ट...

वि.सं.२०८२ कात्तिक १३ बिहीवार १६:३८

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि...