सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ श्रावण १८ देखि २० सम्म, ३ भाग्यमानी ग्राहकलाई आकर्षक सर्भिस प्याकेज
Saturday Aug 02, 2025
वि.सं.२०८२ साउन १७ शनिवार १५:२२
काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण १८ देखि २० गतेसम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।
लगातारको वर्षाका कारण सवारी साधनहरूमा विविध समस्या देखिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै, कम्पनीले आफ्नो ग्राहकहरूको सुरक्षालाई प्राथमिकता दिँदै यो विशेष सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो।
यस क्याम्पमा ग्राहकहरूले आफ्नो गाडीको निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअप गराउन सक्नेछन्। साथै, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५०% छुट, लेवर चार्जमा २०% सम्म र स्पेयर पार्ट्स तथा इन्जिन आयलमा १०% सम्म छुट प्रदान गरिनेछ।
सर्भिस क्याम्प अवधिभर सहभागी ग्राहकमध्ये ३ जना भाग्यमानीले आकर्षक सर्भिस प्याकेज जित्ने मौका पनि पाउनेछन्। सुजुकीले सबै ग्राहकलाई सर्भिस क्याम्पमा सहभागी भई वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह गरेको छ। नेपालभरका ५४ सर्भिस आउटलेटमार्फत सञ्चालन हुने यो क्याम्प सुजुकीको नेपालकै सबैभन्दा ठूलो सर्भिस सञ्जालमा हुनेछ।

























