ntc.net.np
Ncell NPL
NIMB

काठमाडौंमा कजारियाको ‘आर्क एण्ड अरा’ आर्किटेक्ट मिट : डिजाइन, नवीनता र नेटवर्किङको भव्य संगम

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । भारतको नंबर १ टाइल ब्रान्ड कजारियाले आफ्नो वार्षिक आर्किटेक्ट एवं डिजाइनर मिट, “आर्क एण्ड अरा”, सोल्टी होटल, काठमाडौंमा ८ अगस्त, २०२५ मा सफलतापूर्वक सम्पन्न गर्यो । यस कार्यक्रममा प्रख्यात आर्किटेक्टहरू, इन्फ्लुएन्सरहरू र उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू एकत्रित भएर डिजाइन, नवीनता र नेटवर्किंगको एक सुन्दर साँझ साझा गरे ।

कार्यक्रमको सुरुवात कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक श्री हिमांश अग्रवालको एक प्रभाबकारी प्रेजेन्टेसनबाट भयो, जसले कम्पनीको विश्वव्यापी उपलब्धिहरू, नेपालमा निर्माण विस्तार, आर्टिस्ट्री र सस्टेनेबिलिटी प्रतिको प्रतिबद्धताका बारेमा प्रकाश पारे ।

सहभागीहरूले कजारियाका प्रिमियम टाइल संग्रहहरू अन्वेषण गरे, जुन विभिन्न आकारहरूमा प्रदर्शित गरिएको थियो । यसमा लार्ज–फम्र्याट ग्लेज्ड भिट्रीफाइड टाइलहरू (६०ह१२० सेमी, ८० ह १६० सेमी, १२० ह १८० सेमी, र २० ह २४० सेमी) लगायतका बिभिन्न आकारहरू (६० ह ६० सेमी, ४० ह ४० सेमी, ३० ह ६० सेमी, ३० ह ४५ सेमी, र १९.५ ह १२० सेमी) समावेश थिए, जुन आवासीय र व्यावसायिक आवश्यकताहरू पूरा गर्न उपयुक्त छन् ।

कार्यक्रमको समापनमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक श्री संजय अग्रवालले नेपालको आर्किटेक्चरल ल्यान्डस्केपलाई नवीन डिजाइन, स्थानीय निर्माण र सहकार्यमूलक साझेदारीद्वारा उच्चस्तरमा पुर्याउने कजारिया रमेश टाइल्स लिमिटेडको मिशन बताउँदै एक प्रेरणादायी भाषण दिए ।

साँझको कार्यक्रम नेटवर्किङ डिनरमा समापन भयो, जसले नेपालको सृजनशील व्यक्तित्वहरूबीच अर्थपूर्ण संवादहरूलाई प्रबद्र्धन गर्यो । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ । कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६० ह १२० सेमी, ६० ह ६० सेमी, १९.५ ह १२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४० ह ४० सेमी) र सिरामिक वाल टाइल्स (३० ह ६० सेमी, ३० ह ४५ सेमी) उपलब्ध गराउँछ । यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।

 

ई–पेन्सन प्रणाली सुरु : घरमै बसेर पेन्सन सेवा, झन्झट र खर्च दुवै घट्ने

ई–पेन्सन प्रणाली सुरु : घरमै बसेर पेन्सन...

वि.सं.२०८२ चैत २७ शुक्रवार २१:४२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ई–पेन्सन प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका...

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव...

वि.सं.२०८२ चैत २७ शुक्रवार २०:३७

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव...

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३४

  काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा...

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ...

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३१

काठमाडा । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको...

रमादा इटहरीमा ‘द ग्रान्ड काउन्टडाउन २०८३’ आयोजना हुने

रमादा इटहरीमा ‘द ग्रान्ड काउन्टडाउन २०८३’ आयोजना...

वि.सं.२०८२ चैत २६ बिहीवार २२:२६

  काठमाडौं। रमादा बाई विन्धाम इटहरी पशुपति मार्गले यस वर्षको...

नेप्से र टाइम फर्मास्युटिकल्सबीच सम्झौता

नेप्से र टाइम फर्मास्युटिकल्सबीच सम्झौता

वि.सं.२०८२ चैत २६ बिहीवार २२:०७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र टाइम फर्मास्युटिकल्स लिमिटेड...