IME Life
NIMB

हिरो मोटोकर्पको नयाँ १२५ सीसी बाइक छिट्टै लन्च, क्रुज कन्ट्रोलसहित प्रतिस्पर्धा चर्किने

NIMB
Himalayan Bank

 

काठमाडौं । हिरो मोटोकर्पले यसै हप्ताभित्र नयाँ बाइक सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले यसपटक १२५ सीसी सेग्मेन्टमा नयाँ मोडल ल्याउने भएको हो, जहाँ पहिले नै कडा प्रतिस्पर्धा रहेको छ।

लन्चअघि नै परीक्षणको क्रममा देखिएको सो मोडलमा कारमा मात्र पाइने क्रुज कन्ट्रोल सुविधा देखिएको छ। त्यस्तै, यसमा एलईडी हेडलाइट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहने सम्भावना छ।

१२४.७ सीसी क्षमताको सिंगल सिलिन्डर एयर–कुल्ड इन्जिनसहित आउने यस बाइकले करिब १० हर्सपावर र १० एनएम टर्क उत्पादन गर्नेछ। साथै, यसमा ५ स्पिड गियरबक्सको संयोजन हुने अपेक्षा गरिएको छ।

औपचारिक मिति घोषणा नभए पनि यो बाइक भारतमा आगामी १९ देखि २० अगस्टभित्र लन्च हुने अनुमान गरिएको छ। यसलाई ‘ग्ल्यामर’ नामले बजारमा ल्याइने सम्भावना छ।

लन्चपछि यसले १२५ सीसी सेग्मेन्टका लोकप्रिय मोडलहरू— होन्डा साइन १२५, एसपी १२५, बजाज पल्सर १२५ र टीभीएसका मोडलसँग सिधै प्रतिस्पर्धा गर्नेछ।

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...