NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

भिभो V60 : ५०MP क्यामेरा, ६५००mAh ब्याट्री र आकर्षक डिजाइनसहित नेपालमा

NIMB
leapmotornepal (citroen)

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप भिभो भि६० नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

भिभो भि६० ले जाइस् प्रविधियुक्त क्यामेरा इनोभेसन, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित मोबाइल इमेजिङमा नयाँ मानक स्थापित गरेको छ ।

आधिकारिक सार्वजनिक कार्यक्रम हायात सेन्ट्रिक काठमाडौंमा आयोजना गरिएको थियो, जसमा मिडिया प्रतिनिधिहरू, ईन्फ्लुएन्सरस्, र राष्ट्रिय वितरकहरूको उपस्थिति रहेको थियो ।

जाइस् अप्टिकल स्ट्यान्डर्ड अनुसार बनेको भिभो भि६० मा ५० मेगापिक्सेलको जाइस् सुपर टेलिफोटो क्यामरा रहेको छ, जसले टाढाबाट पनि स्पष्ट पोट्र्रेट खिच्न सक्दछ ।

यसको १०ह टेलीफोटो स्टेज पोट्र्रेटले चहकिलो स्टेज लाईटमा पनि उत्कृष्ट प्रदर्शन गर्दछ, जबकि पाँच फरक फोकल लेन्थ (२३ मि.मि.–१०० मि.मि.) ले प्रयोगकर्ताहरूलाई हरेक परिदृश्यलाई अझ सटीक र कलात्मक ढंगले फ्रेम गर्ने सुविधा दिन्छ ।

एआई इमेज स्टुडियोले भि६० को सिर्जनात्मक सम्भावनाहरू थप बढाएको छ । यसमा रहेको एआई फोर सीजन पोट्र्रेट मार्फत वसन्त, गर्मी, शरद वा जाडो—चारै ऋतु अनुरूप परिवेशलाई तुरुन्तै पुनः कल्पना गर्न सकिन्छ ।

क्यामरा सेटअपमा थप रूपमा ५० मेगापिक्सेलको जाइस् मुख्य क्यामरा, ८ मेगापिक्सेलको जाइस् अल्ट्रा वाइड–एङ्गल क्यामरा, र ५० मेगापिक्सेलको जाइस् ग्रुप सेल्फी क्यामरा रहेको छ ।

यी सबैलाई अल्ट्रा क्लियर फोर के भिडियो र सुधारिएको एआई औरा लाईट सिस्टमले अझ प्रभावशाली बनाएको छ, जसले कम प्रकाशमा समेत उत्कृष्ट परिणाम दिन्छ ।

डिजाइनको दृष्टिले, भि६० मा इक्वेल देप्थ क्वाड–कर्भ डिस्प्ले राखिएको छ, जसले स्लिम बेजल सहित सहज र आकर्षक दृश्य अनुभव प्रदान गर्छ ।

पछाडिको स्टार ट्रायल क्यामरा मोड्युलले यसको मिनिमलिस्टिक डिजाइनलाई थप सुन्दर बनाएको छ । यो स्मार्टफोन दुई आकर्षक रङमा मिस्ट ग्रे र बेरी पर्पलमा उपलब्ध हुनेछ ।

सुदृढताका दृष्टिले, भिभो भि६० मा डायमण्ड शिल्ड ग्लासको प्रयोग गरिएको छ । यसमा रहेको आई पी ६८/६९ रेटिङको साथ भिभोको नयाँ वानट्याप व्याटर इजेक्सन र डस्ट रिमोवल फिचरले यसलाई अझ धुलो र पानी प्रतिरोधी बनाउँछ ।

शक्तिशाली ६५०० एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले दिनभरि सहजै साथ दिन्छ । प्रदर्शनतर्फ, यसलाई नयाँ जेनेरेसनको क्वालकम स्न्यापड्रैगन ७ जेन ४ चिपसेट र १२ + १२ जि बी को विस्तारित र्‍यामले सहज र छरितो अनुभव प्रदान गर्छ।

भिभो भि६० को नेपालमा प्रि–बुकिङ अगस्ट २९ देखि सेप्टेम्बर २ (भदौ १२–१६) सम्म खुला हुनेछ, र पहिलो बिक्री सेप्टेम्बर ३ (भदौ १७) बाट बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ । प्रि–बुकिङ गर्ने ग्राहकहरूले भिभो इयरबड्स उपहारस्वरूप प्राप्त गर्नेछन्।

मूल्य तथा उपलब्धताः
१२ जि बी + २५६ जि बी: रू. ७०,९९९

१२ जि बी + ५१२ जि बी : ७५,९९९

भिभो भि६० ०% ईएमआईमा पनि उपलब्ध हुनेछ, जसमा ४०% डाउनपेमेन्ट सहित एक वर्षसम्म किस्तामा भुक्तानी गर्न सकिने सुविधा रहेको छ । यसका अतिरिक्त, ग्राहकहरूले भीभोको आधिकारिक एक्सचेन्ज प्लेटफर्म ‘नयापुराना’ मार्फत आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ भीभो भी६० सँग साट्न सक्छन्।

लन्च अफरको रूपमा, भीभो भी६० मा अपग्रेड गर्दा ग्राहकहरूले आफ्नो पुरानो उपकरणको मूल्याङ्कनमा अतिरिक्त रु. २,००० प्राप्त गर्नेछन्। हाल यो सुविधा १०० भन्दा रिटेल स्टोरहरूमा उपलब्ध छ र निकट भविष्यमा अझ विस्तार गर्ने योजना रहेको छ ।

For more: vivo Unveils V60 in Nepal

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...