NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

निर्यात–आयात असन्तुलन र आत्मनिर्भरता अभियान

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं  । हामीले जबसम्म उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सक्दैनौं तबसम्म यो उद्योगको योगदान जीडीपी र रोजगारीमा हुँदैन । रोजगारी र उत्पादनमाउद्यमशीलताबाट मात्रै सम्भव छ । उद्योग र उद्यमशीलताको लागि धेरै कठिन छ, त्यति सजिलो छैन । किन कि हामीले विश्वबजारसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

लागत, कस्टअफ प्रोडक्ट धेरै हिसाबले कुरा गर्दा हामी त्यो प्रतिस्पर्धामा छौं तर त्यसमा सर्वश्रेष्ठ हुन सकिराखेका छैनौं । मैले भन्दै आएको पुल बनाउन, बाटो बनाउन र रेल चलाउन सकिन्छ, घर बनाउन सकिन्छ तर उद्योग खोल्न त्यति सजिलो छैन । उद्योग खोल्न सकिन्छ तर त्यसलाई सञ्चालन गर्ने ठाउँमा अनेकौं जोखिमहरु छन् ।

ती सबैको सामना गरेर मात्रै मुनाफा लिनुपर्ने हुन्छ । त्यसैले उद्योग, उद्यमशीलतामा आइपर्ने यति धेरै जोखिमकाबीचमा हामीले त्यसलाई सुरु गर्नुपर्ने छ । त्यसका लागि राज्यको नीति आवश्यक छ । एउटा व्यवसायीले राज्यसँग नीतिगत रुपमा पोलिसीमा सहुलियत खोजेको हुन्छ । यो कार्यकाल सुरु गर्दैगर्दा मैले नेपालका सबै निजी क्षेत्रका छाता संस्था र वस्तुगत संस्थाहरुलाई मन्त्रालयमा बोलाएर कार्ययोजना बनाएको थिएँ । उहाँहरु सबैको सहकार्य र अमूल्य सुझावमा कार्ययोजना बनाइएको थियो ।

आथिर्क वर्ष २०८२÷८३ बजेट हामीले पारित गरेका छौं । कूल बिनियोजित बजेटको ०.५ प्रतिशत मात्रै उद्योग क्षेत्रमा बजेट परेको छ । हामीले यति धेरै उद्योगहरु बनाउनुपर्ने छ, उद्यमशीलतामा सामेल हुनुपर्ने छ, रोजगारी सिर्जना गर्नुपर्ने छ तर बजेट चाहीँ हामीसँग गत चालु वर्ष ०.४ थियो, यसपालि ०.४ लाई बढाएर ०.५ बनाएका छौं तर त्यो पर्याप्त होइन । हामीले के मा जोड गरिराखेका छौं भने बजेटको आकारमा होइन नीतिमा सहुलियत दियौं ।

बजेट त निजी क्षेत्र र वित्तीय क्षत्रसँग छ, त्यो बजेटलाई लगानीमैत्री वातावरण बनाएर बाहिर ल्याएर उत्पादनमा जोड्नुपर्ने छ । त्यसको लागि नीतिमा जहाँ समस्या छ त्यसलाई फुकाउन जरुरी छ । भर्खरै सावर्जनिक बजेटलाई अर्थमन्त्रीले पढ्दै गर्दा झण्डै ३१ वटा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विषयहरु समेट्नुभएको छ । विनियोजित ऐनले कानुनको काम गर्छ । त्यसभित्र हामीले आजको नेपाली बजारलाई चलायमान बनाउन ती सहायक बन्ने छन् । पुँजी र प्रविधिको अभावले उत्पादन रोकिएको होइन । त्यो खालको वातावरण बनाउन नसकेर हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयले सुरु गरेको मन्त्रालय सुधार कार्ययोजनाको एउटा स्लोगन थियोे, ‘मन्दीबाट हामी समृद्धिको यात्रा तय गर्दछौं ।’ तर, त्यो वातावरण नेपालका उद्योगीहरुको मोडललाई उठाउनुपर्ने छ । त्यो पुँजी, प्रविधि, रोजगारी र उद्यमशीलता हो । त्यसकारण त्यसलाई उठाउन यो बीचमा केही कामहरु भएका छन् । नेपालको अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ । उच्चस्तरीय कार्यदलमा हामीले सामेल ग¥र्यौं, नीतिगत सुधारका पहल ग¥र्यांै. ।

बजेट, नीति र कार्यक्रमबाट ती कुराहरुलाई सम्बोधन ग¥र्यौं । त्यसबाट एउटा विश्वास पैदा भएको छ । त्यसका लागि अझै थुप्रै चुनौती र जटिलताहरु छन् त्यसलाई हामी पन्छाउँछौं । त्यसको माध्यमबाट नेपाली पुँजीबजारलाई गतिशील र चलायमान बनाएर छाड्छौं । तपाईंहरुकै सहयोगमा सँगसँगै सहकार्य गरेर यात्रा अगाडि बढाउन चाहन्छौं । हिजो निजी क्षेत्रलाई सरकारले र सरकारलाई निजी क्षेत्रले अलि विरोधीजस्तो ठान्ने, देख्ने गरेको कुराहरु आइरहेका थिए ।

राजनीतिक नेतृत्वलाई जलेको रुपमा देख्ने, उद्योगी व्यवसायीहरुलाई दलाल र विचौलियाको रुपमा देख्ने प्रवृत्तिहरु छँदैछन् तर त्यसलाई हामी पन्छाउन चाहन्छौं । दृढ संकल्पकासाथ अगाडि बढाउँछौं, त्यसको एउटा नमुना यो कार्यक्रम पनि हो । नेपाली बजारले उत्पादन गरेको उत्पादनलाई विश्वबजारमा पुउँछौं । नेपालका उद्योगहरुलाई आज जसरी प्रोत्साहित गर्ने कुरा छ । नेपालमा उत्पादित वस्तुहरु निर्यात् गरिरहँदा धेरै चुनौतिहरु छन् । छिमेकी मुलुक भारतसँग सठिफिकेसनको समस्या छ ।

उत्पादन भइरहँदा निर्यात गर्न जसरी सहजीकरण गर्नुपर्ने हो त्यो हुन सकेको छैन । त्यसको लागि नेपालको एनएसलाई त्यो तहको सेन्टर कायम गर्न चाहन्छौं । अबका दिनमा वस्तु भित्रिने कुरामा पनि अलि सोच्छौं । नेपाली वस्तु निर्यात गर्दा हढल्स आउँछ भने त्यसमा कुटनीतिक छलफल गर्छौं । त्यसको लागि हाम्रो एनएक्सलाई त्यो लेभलमा प¥याउँछौं । यो मन्त्रालयको विशेष प्राथमिकतामा राखेका छौं ।

भन्सारको कुरा गर्दा हामीसँग ल्याब, प्रविधि र अभावहरु, त्यो खालको जनशक्तिको अभाव छ । अब नेपालमा आयातित वस्तुका बारेमा अत्यन्त गम्भीरताका साथ यी प्रक्रियाहरु पु¥याउँछौं । त्यसका लागि हामी निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं । हामी अहिले आत्मनिर्भरताको यात्रामा छांैं । पछिल्लो तथ्यङ्कले आयात घटेको र निर्यात केही बढेको अवस्था छ । तर, त्यसलाई स्वकार गरेर चर्चा गर्न तयार छैनौं । जसले गरेको उसैले त्यसको चर्चा गर्नुपर्ने अवस्था छ ।

तर, तपाईं व्यवसायीहरुले हामीले निर्यात बढायौं भन्ने हिम्मत किन राख्नुहुन्न ? बढाउँदै छौं भन्ने आँट किन गर्न सक्नुभएको छैन ? तपाईंहरुको उत्पादन बढेरै निर्यात बढेको होला नि ? त्यो कुरा किन आजका मिडियाहरुमा आउँदैनन् । मूल्यवृद्धि त्यसका धेरै प्रचारहरु हुन्छन् तर मूल्य घट्दा कसैले एक अक्षर लेख्दैन । यसबारेमा डियाहरुका कमल किन चल्दैनन् ? उद्योगीहरुले ती कुराहरुलाई किन भन्दैनन् ? सबै हामीले गरिदिनुपर्ने अनि हामीले भन्नुपर्ने अवस्था छ । चुनौतिलाई अवसर बदल्न मिडिहरुले पनि लेख्नुप¥यो ।

प्रतिकूलतालाई अनुकूलतामा बदल्न सबैले सहकार्य गरेर कसरी अगाडि जाने सकिन्छ ? बजारलाई कसरी अगाडि बढाउन सकिन्छ । हामीले उद्योगीको पक्षमा बोल्दा प्रहार हुने तर उद्योगीहरुले एकले अर्कोलाई प्रतिस्पर्धी देख्ने यी खालका समस्याहरु छन् ।
पछिल्लो पटक दैलेखको एउटा नयाँ आशाले आज दुनियाँभर चर्चा पाएको छ । त्यो उत्पादन परीक्षणलाई हामी चाँडै सुरु गर्न गइरहेका छौं । हिजो जुन प्रतिकूलतामा त्यो निर्णय भएको थियो, आज त्यसले एउटा आशा जगाएको छ । दैलेख जस्तै एभरेष्ट फाइबर सिमेन्ट बोर्ड र यसपछिका उद्योगहरुमा पनि नेपालका बोल्ड उद्योगहरु जसले संस्थाका रुपमा राज्यलाई गिज्याइराखे । एक वर्षभित्र तपाईंहरुसँग सहकार्य गरेर तपाईंहरुलाई नै जिम्मा दिन तयार छौं । त्यसका धेरै प्रक्रियाहरु अगाडि बढिसकेका छन् ।

जनकपुर चुरोट कारखाना, उदयपुर सिमेन्ट उद्योग, हेटौंडा सिमेन्ट उद्योग, गोरखकाली टायर उद्योग त्यसैगरी कृषि औजार, धागो उद्योग, कपडा उद्योगलगायत थुप्रै बन्द रहेका उद्योगहरु सञ्चालन गर्नको लागि प्रक्रिया अगाडि बढिसकेको छ । ती बन्द उद्योगहरु छिट्टै नै निजी क्षेत्रलाई जिम्मा दिँदैछौं । फलाम खानी सञ्चालन गर्दै छौं । त्यसबाट नेपाल स्टिल खानीमा आत्मनिर्भर बन्दै छ । केही प्रक्रियाहरु अगाडि बढिसकेका केसानातिन अल्झन्हरु छन् त्यसलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं । त्यसपछि हामी सिमेन्टि, फलाम र पेट्रोलियम पदार्थमा आत्मनिर्भर भयौं भने आजको नेपालको आयात र निर्यातबीचको जुन धेरै ठूलो खाडल छ । त्यसलाई हामी चाँडै पूर्ताल गर्ने छौं । २०२६ सम्ममा उद्योग सञ्चालनको आधारशीला तयार गर्ने छौं । त्यसमा पनि हामी तपाईंँहरुसँग सहकार्य गर्ने छौं ।

हामीले हाम्रै स्रोत, साधन र पौरखमा नयाँ नेपालको सपना देखिरहेका छौं । नेपाल गरीव छ त्यसकारण हामीले यति सहयोग ग¥र्यौं, उति ग¥र्यौं भन्नेहरुको लागि त्यो कुरा छोडिसकेका छौं । जहाँ टेकेर जे गर्दै छौं त्यहाँबाट जम्प गरेर नयाँ बाटो निर्माण गर्ने छौं । निजी क्षेत्रसँग जो भाव राज्यले खोजिरहेको छ । ‘निजी क्षेत्र भनेको सरकार हो, सरकार मेरो हो’ भन्ने बोध गराउनको लागि अगाडि बढ्ने छौं । यद्यपि त्यसभित्र धेरै चुनौती र जटिलताहरु छन् । त्यसको लागि साझा सहकार्य, निष्कर्ष र मान्यताबाट अगाडि बढाउने छांै । नेपाली उत्पादनको पहिलो बजार भनेको मोडेस्टिक बजार हो त्यसलाई पनि सुनिश्चित गर्ने छौं ।

जसले कागज उत्पादन गरिराखेको छ भने आयातलाई हामी रोक्छौं । सरकारको निकायबाट त्यसको सुनिश्चितता गर्दछौं । हामीले स्वदेशी उत्पादन उपभोगको कार्यनीति तयार गरेका छौं । हामी संघीय, प्रदेशदेखि स्थानीय तहसम्म तीनै तहका सरकारमा नेपाली उत्पादनलाई माया गर्ने नीति बनाउँछौं । नेपाली उत्पादनलाई रहर लाग्दो, भरपर्दो र विश्वास दिलाउने वातावरण हामी बनाउँछौं । ता कि नेपाली उत्पादन विश्वबजारसँग प्रतिस्पर्धा गर्न लायक होस् । त्यसका लागि थुप्रै बहस, छलफल र पैरवी गरेरसाझा निष्कर्ष निकाल्ने छौं । अहिले निराशाको बीचमा आशाको दियो बल्दै छ । नेपालीहरु बीचको ब्याप्त निराशालाई हामीले केही न केही गरेर देखाएर त्यसभित्र सम्भावना खोजिरहेका छौं । (भण्डारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हुनुहुन्छ)

 

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...