Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपाल एसबिआई बैंकद्वारा “Navigating FATF Evaluation – Best Practices” गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड (NSBL) ले (Navigating FATF Evaluation – Best Practices) विषयक एक विचार गोष्ठीको आयोजना गरेको छ । कार्यक्रमले नेपालको FATF मूल्याङ्कनको तयारीका क्रममा गरिने AML-CFT उपायहरूको प्रभावकारी कार्यान्वयन, सामूहिक प्रयास, तथा संस्थागततालाई जोड दिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना ,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर, विभिन्न सरकारी तथा कानुन कार्यान्वयन निकायका वरिष्ठ अधिकारीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अधिकारीहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य सम्बन्धित संस्थाका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा डेपुटि गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले गोष्ठीको महत्व तथा नेपालको FATF मूल्याङ्कनका सम्बन्धमा चर्चा गर्नुका साथै बैंक तथा बित्तीय संस्थाले खेल्नुपर्ने भुमिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।

उक्त कार्यक्रमको सहजीकरण भारतीय स्टेट बैंकका पूर्व अधिकारी तथा AML–CFT एवं अनुपालन विज्ञ रामकृष्ण सुसारलाले गर्नुभएको थियो । कार्यक्रममा उहाँले नेपालका वित्तीय क्षेत्रका लागि उपयोगी अन्तर्राष्ट्रिय अभ्यास र दृष्टिकोणहरू बारे प्रकाश पार्नुभएको थियो ।

सो कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा तथा बैंकका अन्य वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा, सरोकारवालाहरू बीच आपसी समन्वयलाई जोड दिदै विश्वव्यापी अनुपालन मापदण्डहरूको पालना मार्फत नेपालको AML–CFT ढाँचालाई सुदृढ पार्ने प्रतिबद्धताका साथ कार्यक्रम समापन भयो । नेपाल एसबिआई बैंक लि. द्वारा आयोजित यस किसिमको गोष्ठी नेपालको वित्तीय क्षेत्रमा एक नया अभ्यास हो ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न “हरित बचत निक्षेप खाता” सुरु गर्‍यो

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १८:४३

काठमाडौं। दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...