CG Electronics
IME Life
Ncell NPL

रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक सचेतना कक्षा आजबाट पुनः सुरु

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं।२३ र २४ भदौको आन्दोलनका क्रममा रामशाह पथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि रोकिएको ट्राफिक सचेतना कक्षा पुनः सुरु हुने भएको छ ।

कार्यालयका अनुसार ट्राफिक सचेतना सम्बन्धी भौतिक कक्षा ११ कात्तिकदेखि पुनः सञ्चालन हुनेछ । नागरिक एपबाट सुरु भएको भर्चुअल कक्षा भने कहिलेदेखि सञ्चालन हुन्छ भन्ने कुरा अझै अनिश्चित छ ।

उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ति तथा सडक लेन उल्लङ्घन गरी कारबाहीमा परेका चालकलाई ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा भौतिक ट्राफिक सचेतना कक्षा सञ्चालन गर्न लागिएको हो ।

सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन कक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ । जसअनुसार प्रत्येक दिन बिहान ०९ः०० देखि १०ः०० बजेसम्म, १०ः३० देखि ११ः३० बजेसम्म, १२ः०० देखि १ः०० बजेसम्म, १ः३० देखि २ः३० बजेसम्म र ३ः०० देखि ४ः०० बजेसम्म कक्षाहरू सञ्चालन हुनेछन् ।

शुक्रबार भने २ः३० बजेसम्म मात्र कक्षा सञ्चालन हुनेछ । त्यसैगरी कार्यालय समयमा उपस्थित हुन असहज हुनेहरूको सहजताका लागि अन्य सार्वजनिक बिदाको दिन बाहेक प्रत्येक शनिबार १०ः०० बजेदेखि १२ः०० बजेसम्म दुई वटा कक्षा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सञ्चालन गरिने बताइएको छ ।

 

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५ लाख र विन्डसर ३९.७५ लाखबाट उपलब्ध

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:३६

काठमाडौं । JSW MG Motor India को नेपालका लागि आधिकारिक...

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र मूल्यबृद्धिका लागि विकल्प बन्नसक्ने

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:०८

एजेन्सी । विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको...

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार सार्वजनिक गरिने

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २२:४८

काठमाडौं । नेपाली अटो बजारमा नयाँ विद्युतीय एसयूभी थपिने भएको...

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन...

वि.सं.२०८३ वैशाख २३ बुधवार २१:४५

  काठमाडौँ, नेपाल - ५ मे, २०२६ - डोंगफेङ मोटरले...

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी कारोबार, ३२१ सवारी बुकिङ

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:४३

  काठमाडौं। चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...