Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक सचेतना कक्षा आजबाट पुनः सुरु

 

काठमाडौं।२३ र २४ भदौको आन्दोलनका क्रममा रामशाह पथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि रोकिएको ट्राफिक सचेतना कक्षा पुनः सुरु हुने भएको छ ।

कार्यालयका अनुसार ट्राफिक सचेतना सम्बन्धी भौतिक कक्षा ११ कात्तिकदेखि पुनः सञ्चालन हुनेछ । नागरिक एपबाट सुरु भएको भर्चुअल कक्षा भने कहिलेदेखि सञ्चालन हुन्छ भन्ने कुरा अझै अनिश्चित छ ।

उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ति तथा सडक लेन उल्लङ्घन गरी कारबाहीमा परेका चालकलाई ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा भौतिक ट्राफिक सचेतना कक्षा सञ्चालन गर्न लागिएको हो ।

सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन कक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ । जसअनुसार प्रत्येक दिन बिहान ०९ः०० देखि १०ः०० बजेसम्म, १०ः३० देखि ११ः३० बजेसम्म, १२ः०० देखि १ः०० बजेसम्म, १ः३० देखि २ः३० बजेसम्म र ३ः०० देखि ४ः०० बजेसम्म कक्षाहरू सञ्चालन हुनेछन् ।

शुक्रबार भने २ः३० बजेसम्म मात्र कक्षा सञ्चालन हुनेछ । त्यसैगरी कार्यालय समयमा उपस्थित हुन असहज हुनेहरूको सहजताका लागि अन्य सार्वजनिक बिदाको दिन बाहेक प्रत्येक शनिबार १०ः०० बजेदेखि १२ः०० बजेसम्म दुई वटा कक्षा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सञ्चालन गरिने बताइएको छ ।

 

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अभियान सुरु

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:४९

काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी...

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार ओरा५ प्री–सेलमा, चिनियाँ बजारमा बुकिङ सुरु

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार ओरा५ प्री–सेलमा,...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:२६

काठमाडौं। ग्रेटवाल मोटर (GWM) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा५...

यामाहाले ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स–ई लन्च गर्यो

यामाहाले ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:१९

  काठमाडौं। यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स–ई बजारमा...

नयाँ इन्टेरियर र फिचर अपडेटसहित टाटा कर्भ बजारमा

नयाँ इन्टेरियर र फिचर अपडेटसहित टाटा कर्भ...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:१६

काठमाडौं। टाटा मोटर्सले आफ्नो लोकप्रिय कुपे एसयूभी टाटा कर्भ र...

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १२:२१

  काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने...

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:३५

  काठमाडौँ, नेपाल – १० नोभेम्बर, २०२५ – नेपालकै विश्वसनीय...