Ncell NPL
NIMB
NMB Bank

नेपाली कफीको समृद्ध सम्भावना : २१औँ राष्ट्रिय कफी दिवस मनाइँदै

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा २१औँ राष्ट्रिय कफी दिवस मंसिर १ गते कीर्तिपुरस्थित समशितोष्ण वागवानी केन्द्रमा मनाइने भएको छ। “कफी खेती गरौँ, स्वरोजगार बनौँ” भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम सञ्चालन हुनेछन्।

बोर्डका अनुसार यद्यपि नेपालको कफी उत्पादन मात्रात्मक रूपमा कम छ, तर गुणस्तरका आधारमा नेपाली स्पेसियालिटी कफीको माग स्वदेश–विदेशमा तीव्र रूपमा बढ्दै गएको छ। कफी संस्कृति शहरी क्षेत्रमा विस्तारिँदै गएसँगै आन्तरिक खपत बढेको छ, तर उत्पादन अभावले कफी आयात वर्षैपिच्छे बढ्न थालेको छ।

आर्थिक वर्ष 2081/82 मा नेपालले ६४२ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन गरेकोमा, २३० मेट्रिक टन (१४.४१ करोड रुपैयाँ) कफी आयात भएको छ। यसै अवधिमा ६४ मेट्रिक टन (११.४३ करोड रुपैयाँ) मात्र निर्यात भएको तथ्यांक बोर्डले सार्वजनिक गरेको छ।

नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य पाइँदै आएको भए पनि आन्तरिक माग पूरा गर्न कफी रोपाइँ तथा उत्पादन विस्तार अत्यावश्यक भएको बोर्डले जनाएको छ। कफी किसान संरक्षण, युवा आकर्षण र व्यवसायिक कफी स्टेट विकासलाई बोर्डले प्राथमिकतामा राखेको छ।

आगामी वर्षहरूमा युवा लक्षित स्टार्टअप कार्यक्रम, चक्लाबन्दीमा कफी क्षेत्र विस्तार, व्यवसायिक नर्सरी उत्पादन, र अनुसन्धानात्मक प्रविधि विकास कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइनेछ।

स्थानीय, प्रदेश र संघीय सरकारबीच एकीकृत समन्वयमा उत्पादन, प्रसोधन उद्योग स्थापना, Good Manufacturing Practice आधारित गुणस्तर व्यवस्थापन तथा बजार प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बोर्डले जनाएको छ।

७५औँ बोर्ड बैठकको निर्णयअनुसार कफी मूल्य शृंखलामा संलग्न सबै पक्षको भूमिकालाई स्पष्ट पार्ने गरी ऐन–नीति संशोधन प्रक्रिया सुरु गरिएको बोर्डले जानकारी दिएको छ।

एनआईसी एशिया बैंकद्वारा देशभर ४२ शाखा मर्ज गर्ने निर्णय, आजदेखि समायोजन लागू

एनआईसी एशिया बैंकद्वारा देशभर ४२ शाखा मर्ज...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१९

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:३२

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच विशेष सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टरमा आकर्षक छुट

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:२९

  काठमाडौं । मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु...

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्ड ‘एलएस होराइजन १२’ लाई धितोपत्र बोर्डको स्वीकृति

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्ड ‘एलएस...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:२१

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैंक प्रवर्द्धक...

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६...

वि.सं.२०८३ वैशाख २ बुधवार २३:३७

  काठमाडौँ, अप्रिल १५, २०२६- नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय दोहोरो...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...