CG Electronics
Ncell NPL
NIMB

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय संस्थाले हदबन्दीभन्दा बढी भएको सम्पत्ति बेचबिखन गर्न नपाउने कानूनी व्यवस्था कार्यान्वयन नगर्नू

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा आफ्ना नाममा दर्ता गरेको गैरबैंकिङ सम्पत्ति तीन वर्ष भित्र बेचबिखन गर्नु पर्ने र सो अवधि भित्र बिक्री नगरेमा नेपाल सरकारको स्वीकृति लिएर मात्र बेचबिखन गर्न पाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चको पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश कुमार रेग्मी, हरि प्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी रहेका थिए। अदालतले बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) द्वारा दायर रिट निवेदनमा सुनुवाई गर्दै यस्तो अन्तरिम आदेश जारी गरेको हो।

अन्तरिम आदेश जारी भएपछि तीन वर्षभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्थाको नाममा दर्ता भई बेचबिखन हुन नसकेका गैरबैंकिङ सम्पत्ति नेपाल सरकारको स्वीकृति विना नै बेचबिखन गर्न सकिने बाटो खुलेको छ।

भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ ‘च’ मा संशोधन मार्फत बैंक वा वित्तीय संस्थाले लिएको सुरक्षण लिलामको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने र नबेचिएको अवस्थामा नेपाल सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था थप गरिएको थियो। तर बैंक तथा वित्तीय संस्थाहरूले यसलाई संविधानको धारा १७(२) (च) र धारा २५ अनुसार सम्पत्ति अधिकारसँग बाझिएको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

सर्वोच्च अदालतले अन्तरिम आदेशमा उल्लेख गरेको छ—
“गैरबैंकिङ सम्पत्ति बैंक वा वित्तीय संस्थाले आफ्नै सुरक्षणमा राख्नुपर्ने बाध्यता भएकाले तीन वर्षपछि बिक्रीका लागि सरकारको अनुमति नदिँदा बैंकको लगानी जोखिममा पर्न सक्नेछ। यसैले दफा १२ ‘च’ को व्यवस्था रिट निवेदनको अन्तिम सुनुवाई नहुन्जेल कार्यन्वयन नगर्नू।”

यो आदेशपछि मुलुकमा देखिएको आर्थिक संकुचन र कर्जा असुली समस्याका कारण बैंक तथा वित्तीय संस्थाहरूको नाममा थुप्रिदै गएको गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न केही राहत मिल्ने अपेक्षा गरिएको छ।

CG Electronics
विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग...

वि.सं.२०८२ माघ ३ शनिवार ०८:२३

  माघ २, चितवन । कृषि तथा पशुपन्छी मन्त्रालय वागमती...

एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा ‘क्रिएटरस् मेला’

एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा...

वि.सं.२०८२ माघ ३ शनिवार ०८:१८

काठमाडौँ।एनसेलले नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा नेपालका तीन सहरमा ‘क्रिएटरस् मेला’...

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य...

वि.सं.२०८२ माघ ३ शनिवार ००:०८

  काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले माघे संक्रान्तीको अवसरमा...

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम जानकारी अनलाईन पोर्टलमार्फत उपलब्ध

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम जानकारी अनलाईन...

वि.सं.२०८२ माघ ३ शनिवार ००:०५

  काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले बैंकको नाममा रहेका बैंकिङ्ग...

लुम्बिनी विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण...

वि.सं.२०८२ माघ २ शुक्रवार २३:४४

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०८२ पुस ३० गते...

कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई RESEARCH GRANT प्रदान गर्ने

कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई RESEARCH...

वि.सं.२०८२ माघ २ शुक्रवार २३:३७

  काठमाडौँ। कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययरत...