CG Electronics
IME Life
Ncell NPL

ओम ब्लु लोटस हेल्थ होमको पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं ।  नेपालमा अकुपञ्चर विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको ब्लु लोटस हस्पिटलको सिस्टर अर्गनाइजेशन ओम ब्लु लोटस हेल्थ होम प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ।

ललितपुरस्थित एक होटलमा आयोजित कार्यक्रममा अध्यक्ष डा. सुरज कर्माचार्य, प्रमुख अतिथि डा. प्रसिद्ध खड्गी, प्रबन्ध निर्देशक श्री बद्री बहादुर कार्की सहित विभिन्न शाखाका चिकित्सक, प्रशासनिक अधिकृत तथा कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता थियो।

अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यले संस्थाको स्थापना उद्देश्यबारे बोल्दै भने, “नेपालका सबै नागरिकले सहज र विशेषज्ञ स्तरको अकुपञ्चर सेवा प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ यो संस्थाको स्थापना गरिएको हो।” उनले उपचार अवधिमा प्राप्त भएको विश्वास र सद्भावले आफूहरूलाई अझ जिम्मेवार बनाएको बताए।

प्रमुख अतिथि डा. प्रसिद्ध खड्गीले ब्लु लोटस समूहले छोटो समयमै बिरामीमै केन्द्रित सेवा, अनुभवी चिकित्सक टोली र व्यवस्थित व्यवस्थापनमार्फत जनविश्वास कमाउन सफल भएको प्रशंसा गरे।

कार्यक्रममा प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीले संस्थाको सुरुवाती संघर्षदेखि हालको अवस्थासम्मको यात्रा भावनात्मक शैलीमा प्रस्तुत गर्दै सबै कर्मचारी प्रति कृतज्ञता व्यक्त गरे। उनले भने, “ब्लु लोटसको सबैभन्दा ठूलो शक्ति तपाईंहरू कर्मचारी नै हुनुहुन्छ। तपाईंहरूको निष्ठा र समर्पणकै कारण आजको सफलताको संरचना बनेको हो।”

त्यसैगरी वरिष्ठ चिकित्सक डा. झुलाराम अधिकारी र डा. कमल शर्माले संस्थाले अकुपञ्चर क्षेत्रको विकासमा पुर्याएको योगदान र प्राप्त उपलब्धिहरूको चर्चा गर्दै व्यवस्थापनलाई बधाई दिएका थिए।

कार्यक्रमका बीचमा संस्थामा उल्लेखनीय योगदान पुर्याउने चिकित्सक तथा कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो। वर्षको उत्कृष्ट कर्मचारीको रूपमा सजिना भण्डारी र सर्वोत्कृष्ट कर्मचारीको रूपमा अस्मिता चौधरी सम्मानित बने।

समारोह साङ्गीतिक प्रस्तुति, साँस्कृतिक नृत्य, केक काट्ने, क्विज तथा विभिन्न बौद्धिक खेल—कार्यक्रमले झनै मनोरञ्जक बनेको थियो।

ओम ब्लु लोटस हेल्थ होमले हड्डी खिइने, नसा च्यापिने, ढाड–कम्मर–गर्दन दुख्ने, हातखुट्टा झमझमाउने, माइग्रेन, टाउको दुख्ने तथा अन्य सयौँ प्रकारका दीर्घरोगमा अकुपञ्चर र फिजियोथेरापी विशेषज्ञ सेवा निरन्तर उपलब्ध गराउँदै आएको छ।

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ योजना सार्वजनिक

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’...

वि.सं.२०८३ वैशाख २६ शनिवार १४:१४

  काठमाडौं  । आइएमईले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका...

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १ लाखसम्म कमाइको दाबी

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १...

वि.सं.२०८३ वैशाख २६ शनिवार १३:५८

काठमाडौं । बग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा...

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...