शुक्रबार देर्खि नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
Wednesday Dec 17, 2025
वि.सं.२०८२ पुस २ बुधवार २२:३०
काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीेको दशौँ संस्करण ज्ञज्ञतज ल्भउब िध्ययम क्ष्लतभचलबतष्यलब िभ्हउय तथा ल्भउब िक्ष्लतभचष्यच ७ ँगचलष्तगचभ भ्हउय यहि पुष ४, ५ र ६ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना गर्न गइरहेको जानकारी गराउन चाहन्छौं ।
प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरु, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रका नयाँ–नयाँ प्रविधिको जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत १० वर्ष देखी कोसेढुंगा सावित हुँदै आएको छ । यस अन्तराष्ट्रिय प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुको उल्लेखनीय सहभागिता रहनेछ ।
यस एघारौंं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।
यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाईउड उत्पादक संघ, तथा इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल रहेका छन ।
यस प्रदर्शनीमा इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपालका विज्ञहरु द्वारा नविनतम प्रविधि, इन्टेरियर डिजाईन, फनिर्चर लगायत बिभिन्न शिर्षकमा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम आयोजना हुने छ ।
यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु¥याउने छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ ।
यो प्रदर्शनीले नेपालको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने छ । यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने छ ।




























