NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

प्रिक्साले दैलो कृषि अधिग्रहण गर्‍यो, किसानदेखि उपभोक्तासम्म विश्वासिलो खाद्य प्रणाली बनाउने लक्ष्य

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ । नेपालमा कृषि तथा खाद्य प्रणालीलाई अझ विश्वासिलो र सुरक्षित बनाउने उद्देश्यसहित प्रविधि कम्पनी प्रिक्सा (एचष्हब) ले दैलो कृषि (Daily Krishi) लाई अधिग्रहण गरेको छ।

यस अधिग्रहणपछि किसानबाट उत्पादन भएको तरकारी, फलफूल तथा खाद्यान्न कहाँ र कसरी उत्पादन भयो भन्ने जानकारी उपभोक्ताले सजिलै थाहा पाउने ट्रेसिबल प्रणाली विकास गरिने प्रिक्साले जनाएको छ।

प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष शर्माका अनुसार नेपालमा खाद्य क्षेत्रमा विश्वासको ठूलो अभाव छ। “हामी जे खान्छौँ, त्यसमा भरोसा हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो,” उहाँले भन्नुभयो। नेपाललाई केवल बजारको रूपमा नभई नयाँ प्रणाली विकास गर्ने प्रयोगशालाका रूपमा हेरेर काम गरिरहेको उहाँको भनाइ छ।

दैलो कृषि किसान र सहकारीसँग सहकार्य गर्दै सिधै उपभोक्ताको घरसम्म ताजा र प्रमाणित कृषि उपज पु¥याउँदै आएको प्लेटफर्म हो। संस्थापक धीरज चापागाईंको नेतृत्वमा दैलो कृषिले उत्पादनको स्रोत खुल्ने (ट्रेसिबिलिटी) प्रणालीमा काम गर्दै आएको छ।

प्रिक्साले दैलो कृषि अधिग्रहण गरेपछि तत्काल नाम परिवर्तन वा आक्रामक विस्तार गर्नेभन्दा पनि दीर्घकालीन रूपमा कृषि क्षेत्रमा विश्वासिलो, पारदर्शी र दिगो पूर्वाधार निर्माणमा केन्द्रित रहने जनाएको छ।

यस अधिग्रहणलाई नेपालमा खाद्य सुरक्षा मजबुत बनाउने, किसानलाई सशक्त बनाउने तथा उपभोक्ताको आत्मविश्वास बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...