CG Electronics
IME Life
NIMB

प्रथम बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । सात बुँदे घोषणापत्र जारी गर्दै प्रथम बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको कार्की ब्याँक्वेटमा आयोजित सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गर्नुभएको थियो।

“स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा बागमती प्रदेशका २४ वटा लघुवित्त तथा सहकारी संस्थाका ३०० भन्दा बढी सदस्य तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त तथा महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनका विभिन्न सत्रमा नेपालका प्रतिष्ठित लघुवित्त विज्ञहरूले लघुवित्तको महत्व, आवश्यकता तथा देशको आर्थिक र सामाजिक विकासमा यसको योगदानबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

लघुवित्त कार्यक्रमलाई अझ सदस्यमुखी, प्रभावकारी तथा दिगो बनाउने उद्देश्यले आयोजना गरिएको सम्मेलनले युवा सदस्यहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने, सबै सरोकारवालालाई थप जिम्मेवार र उत्तरदायी बनाउने तथा जिम्मेवार लघुवित्त अभ्यासको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्मेलनको समापन सत्रमा प्रमुख अतिथिका रूपमा पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, लघुवित्त विज्ञ तथा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठ, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवलगायत वक्ताहरूले सम्बोधन गर्नुभएको थियो।

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान...

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:००

  काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...