CG Electronics
Ncell NPL
NIMB

गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपद्वारा २७औँ पोखरा स्ट्रिट फेस्टिभलमा स्वच्छ वातावरण अभियान

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको पहिचान र सौन्दर्य जोगाउने उद्देश्यका साथ गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले २७औँ पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियान सञ्चालन गरेका छन् ।

यो अभियान रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) तथा भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रालिको सहकार्यमा सञ्चालन गरिएको हो ।

प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि प्रसिद्ध पोखरामा ठूला सार्वजनिक महोत्सवका क्रममा उल्लेख्य मात्रामा फोहोर संकलन हुने भएकाले सहरलाई सधैं स्वच्छ र आकर्षक राख्न दिगो फोहोर व्यवस्थापन आवश्यक रहेको आयोजकहरूको भनाइ छ ।

यस पहलअन्तर्गत गोर्खा ब्रुअरीले बोतल र क्यान, पुनः प्रयोगयोग्य फोहोर तथा सुख्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिनहरू उपलब्ध गराएको थियो । ती डस्टबिनहरू पोखराको लेकसाइड क्षेत्रका विभिन्न स्थानमा राखिएको थियो, जसले सर्वसाधारणलाई सही ढंगले फोहोर व्यवस्थापन गर्न प्रोत्साहित गरेको छ ।

संकलित फोहोरलाई भद्रकाली वेस्ट म्यानेजमेन्टले वातावरणमैत्री तरिकाले प्रशोधन गर्ने सुनिश्चितता गरेको छ भने रेबानले स्थानीय रेष्टुरेन्ट तथा बारहरूलाई अभियानमा सक्रिय रूपमा सहभागी गराएको छ ।

गोर्खा ब्रुअरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पोखरा नेपालकै एक स्वच्छ र सुन्दर सहर हो, जसलाई पर्यटक र स्थानीय दुवैले उत्तिकै माया गर्छन् । फोहोर संकलनका लागि डस्टबिन राख्ने यो पहलले वर्तमान महोत्सव मात्र होइन, भविष्यमा पनि स्वच्छ पोखरा निर्माणप्रतिको हाम्रो प्रतिबद्धता दर्शाउँछ ।”

महोत्सव अवधिमा मात्र सीमित नराखी, यो अभियानलाई पोखरामा जिम्मेवार फोहोर व्यवस्थापनको अभ्यास मजबुत बनाउने, जनचेतना अभिवृद्धि गर्ने र दिगो पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन सहकार्यको रूपमा अघि बढाइएको जनाइएको छ ।

वातावरणीय दिगोपन र सामुदायिक हितप्रतिको गोर्खा ब्रुअरीको निरन्तर प्रतिबद्धताको प्रतिफलस्वरूप यो अभियानले नेपालभर हुने उत्सवहरूलाई जिम्मेवार रूपमा मनाउन प्रेरणा दिने विश्वास लिइएको छ ।

CG Electronics
नेपाल एसबिआई बैंक लि. को घ्याङलेख शाखा, सिन्धुलीमा लुटपाट

नेपाल एसबिआई बैंक लि. को घ्याङलेख शाखा,...

वि.सं.२०८२ माघ ३ शनिवार १३:१४

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सिन्धुलीस्थित घ्याङलेख शाखा, बागमति...

बैंक कर्मचारीमाथि बढ्दो आक्रमण : राष्ट्र बैंक सक्रिय, प्रहरीसँग छलफल

बैंक कर्मचारीमाथि बढ्दो आक्रमण : राष्ट्र बैंक...

वि.सं.२०८२ माघ ३ शनिवार १३:०२

काठमाडौं । पछिल्ला केही महिनादेखि बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि...

निष्क्रिय कर्जा वर्गीकरण अवधि घटायो राष्ट्र बैंक, अब ३ महिनामै असल वर्गमा उकास्न सकिने

निष्क्रिय कर्जा वर्गीकरण अवधि घटायो राष्ट्र बैंक,...

वि.सं.२०८२ माघ ३ शनिवार १२:५५

  काठमाडौँ। नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जाको पुनर्वर्गीकरण अवधि छोट्याउँदै...

कामना सेवा विकास बैंकद्वारा आधारभूत स्वास्थ्य केन्द्र, झापालाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा आधारभूत स्वास्थ्य केन्द्र,...

वि.सं.२०८२ माघ ३ शनिवार १२:४६

  झापा। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग...

वि.सं.२०८२ माघ ३ शनिवार ०८:२३

  माघ २, चितवन । कृषि तथा पशुपन्छी मन्त्रालय वागमती...

एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा ‘क्रिएटरस् मेला’

एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा...

वि.सं.२०८२ माघ ३ शनिवार ०८:१८

काठमाडौँ।एनसेलले नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा नेपालका तीन सहरमा ‘क्रिएटरस् मेला’...