CG Electronics
Ncell NPL
NIMB

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो एनआईएमबी युनियन-पे कार्ड सेवा

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमवी युनियन पे कार्ड सेवा ल्यायको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन-पे कार्डको औपचारिक शुभारम्भ गरेको हो। युनियन-पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिवद्धता पुनः पुष्टि गरेको छ।

नवप्रवर्तनयुक्त स्विधासहित प्रस्तुत गरिएको एनआईएमबी युनियन-पे कार्डमार्फत ग्राहकवर्गहरूले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन्। विश्वभरका लाखौं व्यापारी केन्द्र तथा एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउनेछ ।

यस कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियान अन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन-पे कार्डमा पांच (५) वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ सीमित अबधिका लागि उपलब्ध यस आकर्षक अफरमार्फत ग्राहकवर्गहरूले कनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन्। इच्छुक ग्राहकवर्गहरूलाई यस विशेष अवसरको लाभ लिन समयमै आवेदन गर्न बैंकले जानकारी गराएको छ।

यस कार्डको शुभारम्भमार्फत एनआईएमबी बैंकले डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहकहरूलाई कार्ड-आधारित कारोबारमा बढी विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको छ। आगामी दिनहरूमा पनि नवीन तथा ग्राहक मैत्री वित्तीय सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहने बैंकले जनाएको छ ।

बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर एवं ६० शाखारहित बैंकिङ मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

CG Electronics
केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने सौभाग्यशाली विजेता घोषणा

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२९

  काठमाडौं। CG Electronics अन्तर्गतको विश्वसनीय पानी शुद्धीकरण ब्रान्ड केन्ट...

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२५

    काठमाडौं। कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय...

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता अभिवृद्धिका लागि ब्रिटिस काउन्सिलद्वारा कार्यशाला

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२२

  काठमाडौं। साँस्कृतिक सम्पदाको संरक्षणका लागि सञ्चालित “कल्चरल प्रोटेक्सन फन्ड”...

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न पाउने टीसीएल क्याम्पेनको तेस्रो चरणको विजेता सार्वजनिक

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:१४

काठमाडौं । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा...

सरकारी विज्ञापन ‘३ अर्ब गायब’ भन्ने समाचार भ्रामक : नेपाल विज्ञापन संघ

सरकारी विज्ञापन ‘३ अर्ब गायब’ भन्ने समाचार...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:०७

  काठमाडौं। सरकारी विज्ञापन कारोबारमा ‘३ अर्ब रुपैयाँ गायब भएको’...

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता,...

वि.सं.२०८२ माघ ९ शुक्रवार १४:४३

  काठमाडौं। एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच...