CG Electronics
Ncell NPL
NIMB

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औँ वार्षिक साधारण सभा सम्पन्न

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८१/०८२ को २९औँ वार्षिक साधारण सभा आज २०८२ साल पौष २९ गते मंगलबार कालीकास्थित अमृतभोगमा सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा सम्पन्न सभामा कम्पनीको व्यवसायिक प्रगति, वित्तीय अवस्था तथा भावी कार्यदिशाबारे शेयरधनीहरूलाई जानकारी गराइएको थियो।

सभामा प्रस्तुत विवरणअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/०८२ मा ५० करोड २ लाख ४८ हजार ५२३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८.५२ प्रतिशतले वृद्धि भएको हो।

यसैगरी, कम्पनीले चालु आर्थिक वर्षमा ३ अर्ब ६२ करोड ५१ लाख ५५ हजार २५५ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको दाबी भुक्तानी २ अर्ब ८३ करोड ३२ लाख ९२ हजार ६१४ रुपैयाँ रहेको थियो।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिको सिफारिसअनुसार शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

सभामा केही शेयरधनीहरूले लिखित सुझाव प्रस्तुत गर्नुका साथै उपस्थित शेयरधनीहरूले आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

CG Electronics
भगवती हाइड्रोपावरको १४ प्रतिशत बोनस शेयर वितरण

भगवती हाइड्रोपावरको १४ प्रतिशत बोनस शेयर वितरण

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:५३

  काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कात्तिक २...

इन्फिनिटी लघुवित्तमा सहायक र कनिष्ठ सहायक पदका लागि रोजगारी खुल्यो

इन्फिनिटी लघुवित्तमा सहायक र कनिष्ठ सहायक पदका...

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:५०

  काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा...

फर्स्ट माइक्रोफाइनान्सको १.८६ लाख संस्थापक शेयर लिलामीमा

फर्स्ट माइक्रोफाइनान्सको १.८६ लाख संस्थापक शेयर लिलामीमा

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:४७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको...

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज...

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:४४

  काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि...

प्रतिनिधि सभापछि शेयर बजारमा रौनक, नेप्से तीन पटक सर्किट ब्रेकमा बन्द

प्रतिनिधि सभापछि शेयर बजारमा रौनक, नेप्से तीन...

वि.सं.२०८२ फागुन २५ सोमवार २१:५६

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनपछि राजनीतिक स्थिरताको आशा बढेसँगै सोमबार...

काठमाडौंको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, ओपनिङको अवसरमा सम्पूर्ण उत्पादनमा १०प्रतिशत विशेष छुट

काठमाडौंको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो...

वि.सं.२०८२ फागुन २५ सोमवार २०:४०

  काठमाडौं । नेपाली बजारमा 'हट एण्ड स्पाइसी' नुडल्स सेगमेन्टमा...