CG Electronics
Ncell NPL
NIMB

ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघको सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँ महासंघको अध्यक्षमा निर्वाचित भएका छन्।

आइतबार सम्पन्न महाधिवेशनमा बानियाँले ओमकृष्ण कार्कीलाई पराजित गर्दै आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा जित हासिल गरेका हुन्।

निर्वाचन परिणामअनुसार बानियाँले १ सय १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कार्कीले ७७ मतमा सीमित रहे।महासंघको वरिष्ठ उपाध्यक्ष पदमा विष्णुप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा किसान गुरुङ र विद्यापति उपाध्याय घिमिरे क्रमशः १ सय ६४ र १ सय ८ मत प्राप्त गर्दै विजयी भएका छन्।

महासचिव पदमा बद्रीप्रसाद चौलागाईं निर्विरोध निर्वाचित भएका छन् भने उपमहासचिव पदमा मेघराज सिग्देलले ९७ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी अर्जुनबहादुर सापकोटाले ८९ मत प्राप्त गरे।

सचिव पदमा उमेशचन्द्र मजगैयाँ र गंगाबहादुर खड्काले समान ९५–९५ मत प्राप्त गरेपछि दुवैले कार्यकाल आधा–आधा समय कार्यालय सञ्चालन गर्ने सहमति गरेका छन्।

कोषाध्यक्ष पदमा रुमाखर गौतमले १ सय ३२ मतसहित जित हासिल गर्दा उनका प्रतिस्पर्धी टिकाराम गौतमले ६० मत प्राप्त गरे।

सह–कोषाध्यक्ष पदमा सुमन सापकोटा १ सय ७ मत ल्याउँदै निर्वाचित भएका छन्। महाधिवेशनले सातै प्रदेशका संयोजकसहित १६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।

प्रदेश संयोजकमा कोशी प्रदेशबाट विनोद खड्का, मधेस प्रदेशबाट रामबहादुर दुवाडी, बागमती प्रदेशबाट सूर्यबहादुर श्रेष्ठ, गण्डकी प्रदेशबाट केदारनाथ घिमिरे, लुम्बिनी प्रदेशबाट यामप्रसाद पाण्डे, कर्णाली प्रदेशबाट चेतन थानी र सुदूरपश्चिम प्रदेशबाट मोहनसिंह साउत निर्विरोध निर्वाचित भएका छन्।

CG Electronics
दराजको ‘१ रुपैयाँ डिल’ बन्यो भाग्य बदल्ने अवसर, ललितपुरकी आश्मा दाहालले पाइन् एथर रिज्टा इलेक्ट्रिक स्कुटर

दराजको ‘१ रुपैयाँ डिल’ बन्यो भाग्य बदल्ने...

वि.सं.२०८२ माघ २७ मंगलवार ०९:१०

काठमाडौं । एक रुपैयाँको साधारण खरिदले पनि ठूलो जित दिलाउन...

दाइहात्सुले सार्वजनिक गर्यो दुई नयाँ इलेक्ट्रिक मिनी कमर्शियल भ्यान

दाइहात्सुले सार्वजनिक गर्यो दुई नयाँ इलेक्ट्रिक मिनी...

वि.सं.२०८२ माघ २५ आइतवार २२:२५

  काठमाडौं । जापानी अटोमोबाइल निर्माता दाइहात्सु मोटरले आफ्ना दुई...

जीहो इलेक्ट्रिक स्कुटरको ‘ईभी केयर क्याम्प’ सुरु, फ्रि चेकअप र विशेष छुट उपलब्ध

जीहो इलेक्ट्रिक स्कुटरको ‘ईभी केयर क्याम्प’ सुरु,...

वि.सं.२०८२ माघ २५ आइतवार २२:१५

  काठमाडौं । नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक...

तपाईंको बजारमा होन्डा एक्सचेन्ज क्याम्प सुरु, पुराना सवारी साटेर नयाँ किन्न सकिने

तपाईंको बजारमा होन्डा एक्सचेन्ज क्याम्प सुरु, पुराना...

वि.सं.२०८२ माघ २५ आइतवार २१:१३

  काठमाडौं।पानिपोखरीस्थित तपाईंको बजार (Tapaikobazar) मा माघ २५ गतेदेखि फागुन...

११ महिनामा ४,२४९ विद्युतीय दुई पांग्रे दर्ता, मंसिरपछि निरन्तर गिरावट

११ महिनामा ४,२४९ विद्युतीय दुई पांग्रे दर्ता,...

वि.सं.२०८२ माघ २५ आइतवार २०:५०

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा देशभर ४ हजार...

होन्डा शाइन १२५ को विशेष संस्करण लन्च

होन्डा शाइन १२५ को विशेष संस्करण लन्च

वि.सं.२०८२ माघ २५ आइतवार ०९:०७

  काठमाडौं । होन्डाले शाइन १२५ को नयाँ विशेष संस्करण...