CG Electronics
Ncell NPL
NIMB

बागमती प्रदेशमा नेवारी र तामाङ भाषाको कार्यान्वयनबारे फोनिज संवाद कार्यक्रम हुँदै

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिको आयोजनामा बागमती प्रदेशमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाका रूपमा दिएको मान्यताको कार्यान्वयन र प्रयोगको अवस्थाबारे छलफल गर्न फोनिज संवाद कार्यक्रम आयोजना हुने भएको छ।

नेपाल सरकार, बागमती प्रदेश सरकारले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा यसको वर्तमान अवस्था, उपलब्धि र चुनौतीहरूमाथि बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

 

कार्यक्रममा आदिवासी जनजाति क्षेत्रका विभिन्न निकायका प्रतिनिधि, नीति निर्माता तथा भाषिक अभियन्ताहरूको सहभागिता रहनेछ।संवाद कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापा मगर, नेपाल सरकारका सहसचिव रुद्र सिंह तामाङ, बागमती प्रदेश सरकारका सचिव दीपेन्द्र सुवेदी, भाषा आयोगका कामु सचिव डा. लोक बहादुर लोप्चन, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तथा नेवा दय दबुका अध्यक्ष पवित्र बज्राचार्य वक्ताका रूपमा सहभागी हुनेछन्।

कार्यक्रम २०८२ साल पौष ३० गते बुधबार, आदिवासी जनजाति आयोगको हल, पुल्चोकमा बिहान १०:३० बजेदेखि सुरु हुनेछ। आयोजकले फोनिजका सदस्य, पत्रकार तथा सरोकार वाला हरूलाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ।

CG Electronics
विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४९

पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य...

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक प्रचार हुने गरेको छ :बिनोद चौधरी

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४५

  नवलपरासी,पश्चिम्। नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का...

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा...

वि.सं.२०८२ माघ २८ बुधवार २१:१८

  काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा...

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको नेतृत्व

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको...

वि.सं.२०८२ माघ २८ बुधवार ११:५०

  काठमाडौ । नेपाली कांग्रेसको निर्वाचन प्रचार–प्रसार समिति कार्यालय, सरावल...

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता, नेपाल–कतार द्विपक्षीय लगानी, निजी क्षेत्रबिचको सहकार्यबारे छलफल

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको...

वि.सं.२०८२ माघ २८ बुधवार ०९:०१

  काठमाडौं । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड...

नेपालमा लगानी बढाउन कतारी टोलीको चासो, गभर्नर पौडेलसँग भेटवार्ता

नेपालमा लगानी बढाउन कतारी टोलीको चासो, गभर्नर...

वि.सं.२०८२ माघ २८ बुधवार ०८:५७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा...