CG Electronics
IME Life
NIMB

सूर्य नेपाल इस्टर्न ओपन बुधबार धरानमा सुरु हुँदै

NIMB
Himalayan Bank

 

धरान। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको दोस्रो प्रतियोगिता ‘सूर्य नेपाल इस्टर्न ओपन’ बुधबारदेखि धरान गल्फ क्लबमा सुरु हुँदैछ।कोशी प्रदेशको सानको रूपमा परिचित धरान गल्फ क्लबमा आयोजना हुने यो प्रतियोगिता सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा तीन दिनसम्म ५४ होलमा खेलाइनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ।

 

रुखले घेरिएका फेयर-वे र सट-सेपिङ क्षमताको कडा परीक्षा लिने धरान गल्फ क्लब अर्को एक रोमाञ्चक प्रतियोगिताको साक्षी बन्ने तयारीमा रहेको छ। प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। शीर्ष १८ स्थानमा रहने खेलाडीहरूले नगद पुरस्कार बाँडफाँड गर्नेछन्।

 

प्रतियोगितामा २९ जना व्यावसायिक खेलाडी र ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका २२ जना एमेच्योर खेलाडी सहभागी हुनेछन्। अर्डर अफ मेरिटका नम्बर १ केवाड़ी तथा डिफेन्डिङ च्याम्पियन निरज तामाङ मुख्य दाबेदारका रूपमा रहेका छन्। घरेलु मैदानको फाइदा पाउने निरजलाई सुक्र बहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, जयराम श्रेष्ठ, सञ्जय लामा र धन थापाजस्ता अनुभवी खेलाडीहरूले कडा चुनौती दिनेछन्। सिजनको पहिलो प्रतियोगिताको विजेता एमेच्योर खेलाडी राहुल विश्वकर्माले प्रोफेसनल खेलाडीलाइ कडा चुनौती दिने अपेक्षा गरिएको छ।

 

३६ होलको खेलपछि कट लागु हुनेछ, जसअनुसार शीर्ष १८ व्यावसायिक खेलाडी र सोहि कटमा एमेच्योरहरू अन्तिम चरणमा प्रवेश गर्नेछन्।प्रतियोगिताको समापन माघ १७ गते शनिबार प्रो–एम प्रतियोगितासँगै हुनेछ। प्रो–एम इभेन्टमार्फत एमेच्योर गल्फरहरूले व्यावसायिक खेलाडीसँग एउटै टिममा खेल्ने अवसर पाउनेछन्, जसले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

 

सूर्य नेपाल गल्फ टुर २०२५-२६ मा कुल आठ प्रतियोगिता समावेश छन्, जसको समग्र पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ। नेपालको प्रमुख व्यावसायिक गल्फ सर्किटका रूपमा स्थापित यो टुरले यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...