CG Electronics
Ncell NPL
NIMB

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी माघ महोत्सव’ सञ्चालन

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं, पुस ३० । महालक्ष्मी विकास बैंक लिमिटेडले डिजिटल कारोबार प्रवर्द्धन, ग्राहक सुविधा अभिवृद्धि तथा सुरक्षित नगदरहित बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी माघ महोत्सव’ (डिजिटल प्रवर्द्धन महिना) सञ्चालन गर्ने भएको छ । बैंकले हरेक वर्ष माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिनाका रूपमा मनाउने निर्णयअनुसार यो अभियान सुरु गर्न लागेको हो ।

बैंकका अनुसार दैनिक कुल कारोबारमध्ये औसत ८० प्रतिशतभन्दा बढी डिजिटल कारोबार रहेको छ । डिजिटल सेवाको प्रयोग अझ बढाउन बैंकले अभियानअन्तर्गत विभिन्न आकर्षक सुविधा ल्याएको जनाएको छ ।

मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत मुद्दती खाता खोल्ने ग्राहकलाई व्यक्तिगत मुद्दती खातामा दिइने ब्याजदरभन्दा ०.२५ प्रतिशत बढी ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । उक्त ब्याजदर नेपाल राष्ट्र बैंकको ब्याजदर निर्धारणसम्बन्धी नियमनभित्र रहेर लागू हुनेछ ।

त्यसैगरी अभियानलाई थप उत्साहजनक बनाउन भर्चुअल तथा साधारण क्रेडिट कार्ड जारी गर्दा र वार्षिक शुल्कमा १०० प्रतिशत छुट दिइनेछ । डेबिट कार्ड जारी गर्दा तथा मोबाइल बैंकिङ दर्ता गर्दा पनि शतप्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

ग्राहकले मोबाइल एपमार्फत फार्मेसीको बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । अडियोमार्फत भुक्तानी प्राप्त भएको सूचना दिने ‘कोइली’ सेवा दर्ता गर्दा पनि कुनै शुल्क लाग्ने छैन । यी सबै सुविधा २०८२ साल माघ महिनाभर लागू हुनेछन् ।

यस अभियानले डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्न, बैंकमा प्रत्यक्ष उपस्थित हुनुपर्ने बाध्यतालाई न्यून गर्न तथा नगदरहित कारोबार प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ नारासहित देशभर १०३ शाखा कार्यालय र करिब ८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बैंकले यसअघि फोनपे (FonePay) सँगको सहकार्यमा भारतीय भुक्तानी सेवा प्रदायक भिमपे, युपिआई, फोनपे, गुगलपे आदिबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने व्यवस्था पनि मिलाएको जनाएको छ ।

CG Electronics
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औं बार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक नियुक्ति अनुमोदित

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औं बार्षिक साधारण...

वि.सं.२०८२ माघ २८ बुधवार २३:५९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औं बार्षिक साधारण...

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज...

वि.सं.२०८२ माघ २८ बुधवार २३:३४

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२८

  काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी...

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२१

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल क्लियरिङ हाउस (NCHL)...

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य रूपमा उद्घाटन

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य...

वि.सं.२०८२ माघ २८ बुधवार २३:०१

  काठमाडौं। विश्वव्यापी ब्रान्ड जकी (Jockey) ले काठमाडौंको प्रमुख व्यापारिक...

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र रवि पहिलो दिन शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र...

वि.सं.२०८२ माघ २८ बुधवार २२:५२

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य...