CG Electronics
Ncell NPL
NIMB

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश प्रस्ताव पारित

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ। नागरिक लगानी कोषको ३१ औँ वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ।

त्यसैगरी आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल भई पारित भएको छ। योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष घिमिरेले कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणहरूलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवर्धन गर्दै लैजाने योजना रहेको बताए। आगामी दिनमा कोषले बचत संकलनको दायरा विस्तार गर्दै जानेमा उनले जोड दिए।

कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागीहरूलाई प्रदान गर्दै आएको सहभागी कर्जालाई विस्तार गर्ने, सेयर धितो कर्जा प्रदान गर्ने, जोखिम विश्लेषण गरी उपयुक्त पूर्वाधारसम्बन्धी परियोजनामा लगानी बढाउँदै लैजानेमा उनले बताए।

साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञासाहरुको बारेमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जवाफ दिएका थिए। उनले कोषको वस्तुस्थितिबारे बताउँदै सेयरधनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावहरूलाई आगामी दिनमा पूरा गर्दे लाने प्रतिबद्धता व्यक्त गरे।

उनले कोषले गत वर्षदेखि नागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेको समयावधिभित्रै साधारणसभा गर्न सफल भएको बताए।

CG Electronics
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज...

वि.सं.२०८२ माघ २८ बुधवार २३:३४

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२८

  काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी...

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२१

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल क्लियरिङ हाउस (NCHL)...

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य रूपमा उद्घाटन

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य...

वि.सं.२०८२ माघ २८ बुधवार २३:०१

  काठमाडौं। विश्वव्यापी ब्रान्ड जकी (Jockey) ले काठमाडौंको प्रमुख व्यापारिक...

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र रवि पहिलो दिन शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र...

वि.सं.२०८२ माघ २८ बुधवार २२:५२

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य...

मजबुत ‘टाइटन–टफ’ बनावट र शक्तिशाली ब्याट्रीसहित Redmi Note 15 नेपाली बजारमा

मजबुत ‘टाइटन–टफ’ बनावट र शक्तिशाली ब्याट्रीसहित Redmi...

वि.सं.२०८२ माघ २८ बुधवार २२:४७

काठमाडौं। शाओमीले नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा सार्वजनिक...