सीजी ब्रान्डको ‘तिहार रंगोली फोटो सेयर एण्ड वीन कन्टेष्ट’ विजेतालाई सीजी मेरिडिया साउन्ड बार प्रदान
Thursday Jan 15, 2026
वि.सं.२०८२ माघ १ बिहीवार २२:४९
काठमाडौं । सीजी ब्रान्डले तिहारको अवसरमा आयोजना गरेको Tihar Rangoli Photo Share & Win Contest’ का विजेता स्वयम्भू, काठमाडौं निवासी मिस सोयशा श्रेष्ठलाई CG Meridia Sound Bar प्रदान गरेको छ। यो साउन्ड बारले उच्च गुणस्तरीय ध्वनि र उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्दछ।
विजेता सोयशा श्रेष्ठले आफ्नो खुसी व्यक्त गर्दै भन्नुभयो, “म साँच्चै उत्साहित र खुसी छु कि म CG को ‘Tihar Rangoli Photo Share & Win’ प्रतियोगितामा विजेता बनेँ। CG Meridia Sound Bar जित्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ र यो अवसरका लागि म सीजी टिमप्रति आभारी छु!”
यो प्रतियोगिताले तिहारको उल्लास र घर-आँगन सजाउने रंगोलीको कलात्मक सुन्दरतालाई डिजिटल रूपमा साझा गर्ने अवसर प्रदान गरेको थियो। सहभागीहरूले पठाएका रंगोलीका तस्बिरहरूले नेपाली मौलिक कला, संस्कृति र चाडपर्वको जीवन्त झल्को प्रस्तुत गरेका थिए।
विजेतालाई उक्त उपहार सीजी ब्रान्ड (Home Appliances) का प्रतिनिधि श्री भरत प्रसाद साहले हस्तान्तरण गर्नु भएको थियो।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। देशभर २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ।
यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।





























