CG Electronics
Ncell NPL
NIMB

सूर्य नेपाल इस्टर्न ओपन, डिफेन्डिङ च्याम्पियन निरज ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

धरान, माघ १: सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनमा नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ लगातार दोस्रो दिन ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।

निरजले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ५ स्ट्रोकले पछि पार्ने क्रममा निरजले समग्रमा १२-अन्डर १ सय २८ लोभलाग्दो प्रदर्शन गरे। राहुलले पनि ६-अन्डर ६४ को स्कोर निकाल्दा समग्रमा ७-अन्डर १ सय ३३ सहित दोस्रो स्थानमा रहे।

समग्रमा ४-अन्डर १ सय ३६ को स्कोरमा धरानका प्रो शुक्र बहादुर राई र टंक बहादुर कार्की संयुक्तरुपमा तेस्रो स्थान बाँडे। शुक्रले ३-अन्डर ६७ र टंकले १-अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।

आज ४-अन्डर ६६ खेल्दै दिनेश प्रजापति समग्रमा ३-अन्डर १ सय ३७ सहित पाँचौ स्थानमा रहेका छन्। समग्रमा १-अन्डर १ सय ३९ सहित रवि खड्का, भुवन नगरकोटी र बलभद्र राई संयुक्तरुपमा छैटौं स्थान बाँडे। रविले आज १-अन्डर ६९, भुवनले इभन-पार ७० र बलभद्रले २-ओभर ७२ को स्कोर निकाले।

समग्रमा २-ओभर १ सय ४२ स्कोरका साथ दुई एमेच्योर पदम हाङ्ग लिम्बु र प्रकृत तामाङ संयुक्तरुपमा नवौ स्थानमा रहे। पदमले आज २-अन्डर ६८ र प्रकृतले ३-ओभर ७३ को स्कोर तयार पारे।

नेपाल नम्बर एक निरजले आफ्नो घरेलु कोर्समा लागातार दोस्रो दिन ६-अन्डर खेल्ने क्रममा दोस्रो , तेस्रो, पाँचौं, छैटौं, आठौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे। ६ बर्डीको सहायतामा बोगी फ्रि ६-अन्डर ३० मा फ्रन्ट नाइनको खेल सानदार शैलीमा सकाए। ११ औं होलमा पनि एक सट बचाए तर १५ औं होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा ‌सकाए।‌

राहुलले आज बोगी रहित कार्ड बनाउने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ र ब्याक नाइन पनि ३-अन्डर ३१ मा सकाए। उनले पाँचौ, छैटौं नवौं, दशौं , बार्है र अठारौं होलमा गरी कुल ६ बर्डीको सफलता प्राप्त गरे।

शुक्रले दोस्रो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरेपनि चौथो र पाँचौं होलमा एक-एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा पुरा गरे। यसपछि १२ औं र १५ औं होलमा बर्डी खेल्दै ब्याक नाइन २-अन्डर ३२ मा सकाए।

टंकले दोस्रो होलको बोगीका विरूद्ध पहिलो र सातौं होलमा बर्डी खेप्दा फ्रन्ट नाइन १-अन्डर ३५ खेले। यसपछि १० औं, १२ औं र १८ औं होलमा एक-एक सट बचाए। ११ औ, १४ औं र १५ औं होलको बोगीले ब्याक नाइम इभन-पार ३४ मा सकाए।

३६ होलको समाप्तिमा ११-ओभर १५१ सम्म स्कोर गरेका १७ प्रोफेसनल तथा ७ एमेच्योर खेलाडीले कट बनाए। आज १४औं होलमा होल-इन-वान गरेका जयराम श्रेष्ठ सहित प्रोफेसनल खेलाडी सुमन परियार, सुनिल केसि, सञ्जय लामा, सुमन राई, भुवन कुमार रोक्का, दीपक मगर, कृष्णमान राजबाहक, सुरेश तामाङ, सूर्य प्रसाद शर्मा र धन बहादुर थापाले तेस्रो तथा अन्तिम दिनको लागि स्थान सुरक्षित गरे।

एमेच्योर तर्फ राहुल ७-अन्डर १३३ स्कोर सहित शीर्ष स्थानमा रहेका छन। उनी पदम हाङ लिम्बु र प्रकृत तामाङ भन्दा ९ स्ट्रोकले अगाडी रहेका छन। अन्य चार एमेच्योर खेलाडी, सुन्दर राई, राम तामाङ, जितेन्द्र राई र बलराम पौडेलले पनि कट बनाए।
११-ओभर १५१ स्कोर गरेपनि शिव कुमार माझी, थाम बहादुर राई, राजेन राई तथा एमेच्योर गजेन्द्र लिम्बु काउन्ट ब्याकका आधारमा कट बनाउन सकेनन।

सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा तीन दिनसम्म चल्ने ५४ होलको प्रतिस्पर्धामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा २२ एमेच्योर खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गरेका थिए।

प्रतियोगिताको समापन माघ १७ गते शनिबार प्रो–एम प्रतियोगितासँगै हुनेछ। प्रो–एम इभेन्टमार्फत एमेच्योर गल्फरहरूले व्यावसायिक खेलाडीसँग एउटै टिममा खेल्ने अवसर पाउनेछन्। जसले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

सूर्य नेपाल गल्फ टुर २०२५-२६ मा कुल आठ प्रतियोगिता समावेश छन्। जसको समग्र पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ। नेपालको प्रमुख व्यावसायिक गल्फ सर्किटका रूपमा स्थापित यो टुरले यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

CG Electronics
चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने, सदस्य विद्यालयलाई अनिवार्य सहभागिता हुन निर्देशन

चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:२७

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले...

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन तयारी

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:०२

  काठमाडौँ । मोरङको विराटचोक मा सञ्चालित नेपालीरिका होटेल लिमिटेड...

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्म छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल...

वि.सं.२०८२ माघ २९ बिहीवार २३:०३

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई...

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण : सञ्चालन आय बढ्दा खुद नाफा घट्यो

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण :...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५५

  काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८२/८३ को...

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो इतिहास

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५०

  काठमाडौँ। प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप...

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित मासिक सम्मान कार्यक्रम आयोजना

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:४४

  काठमाडौँ । याङ्गो राइड नेपालले पछिल्ला २–३ महिनामा प्लेटफर्ममा...