CG Electronics
Ncell NPL
NIMB

नेपाल आयल निगमले पेट्रोलमा ३ र डिजेल–मट्टितेलमा १ रुपैयाँ घटायो, नयाँ दर माघ २ देखि लागू

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेल/मट्टितेलको खरिद मूल्य घटेपछि उपभोक्तालाई राहत स्वरूप मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ मूल्य माघ २ गते (१६ जनवरी २०२६) राति १२:०१ बजेदेखि लागू हुनेछ। सोअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाइएको हो।

नवीन दरअनुसार पहिलो वर्गका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा तय गरिएको छ।
दोस्रो वर्गका सुर्खेत र दाङमा १५५ रुपैयाँ, भने तेस्रो वर्गका काठमाडौं, पोखरा र दिपायलमा १५६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

यस्तै वर्गअनुसार डिजेल/मट्टितेलको मूल्य क्रमशः १३३ रुपैयाँ ५० पैसा, १३५ रुपैयाँ र १३६ रुपैयाँ निर्धारण गरिएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आउने उतारचढावलाई निरन्तर अनुगमन गरिएको छ र आवश्यकताअनुसार भविष्यमा पनि मूल्य समायोजन गरिनेछ।

CG Electronics
चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने, सदस्य विद्यालयलाई अनिवार्य सहभागिता हुन निर्देशन

चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:२७

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले...

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन तयारी

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:०२

  काठमाडौँ । मोरङको विराटचोक मा सञ्चालित नेपालीरिका होटेल लिमिटेड...

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्म छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल...

वि.सं.२०८२ माघ २९ बिहीवार २३:०३

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई...

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण : सञ्चालन आय बढ्दा खुद नाफा घट्यो

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण :...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५५

  काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८२/८३ को...

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो इतिहास

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५०

  काठमाडौँ। प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप...

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित मासिक सम्मान कार्यक्रम आयोजना

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:४४

  काठमाडौँ । याङ्गो राइड नेपालले पछिल्ला २–३ महिनामा प्लेटफर्ममा...