सिजी ब्रान्डका साना घरायसी उपकरण (SDA) तर्फको ‘वर्ल्डकप योजना’ अन्तर्गत दोस्रो चरणको विजेता सार्वजनिक
Friday Jan 16, 2026
वि.सं.२०८२ माघ २ शुक्रवार २३:२२
काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड ‘सिजी ब्रान्ड’ (CG Brand) ले आफ्ना साना घरायसी उपकरणहरू (Small Domestic Appliances – SDA) का लागि सञ्चालित सिजीको साथमा, वर्ल्डकप टिकट हातमा #LevelUP!withCG योजना अन्तर्गत दोस्रो चरणको विजेता सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी–२० पुरुष विश्वकप (ICC T20 Men’s World Cup) लाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा साना घरायसी उपकरण तर्फ दोस्रो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
यस दोस्रो चरणको डिजिटल गोलाप्रथा मार्फत रत्ननगर-१, चितवन निवासी श्री अरबिन श्रेष्ठ विजेता बन्न सफल हुनुभएको छ।
• श्री अरबिन श्रेष्ठले चितवनको सौराहा चोक, टाँडी स्थित टाँडी गिफ्ट कर्नर (Tadi Gift Corner) बाट सिजी ब्रान्डको ग्यास चुलो (Gas Stove) खरिद गरी यस योजनामा सहभागिता जनाउनुभएको थियो।
कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुभएको छ। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।
योजनाको निरन्तरता र सहभागिता प्रक्रिया: कम्पनीले योजना अझै जारी रहेको जानकारी गराएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सिजीका साना घरायसी उपकरण (SDA) खरिद गरी ३१००३ मा SMS पठाउनुपर्नेछ।
(SDA का लागि SMS Format: CGSDA <space> Serial Number <space> Product Name <space> Customer Name <space> Address टाइप गरी 31003 मा पठाउनुपर्नेछ।)
४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी ब्रान्डले आफ्ना ग्राहकवर्गको निरन्तर विश्वासप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता योजनाहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।





























