NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई RESEARCH GRANT प्रदान गर्ने

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ। कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययरत सोधकर्ता विद्यार्थीहरुलाई अनुसन्धान अनुदान (RESEARCH GRANT) प्रदान गर्ने भएको छ । अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थीहरु र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सुचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सोध कार्य गर्नका लागि अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ ।

बैंकिङ र अर्थतन्त्रसँग सम्वन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यको लागि एफफिल गर्दै गरेका दुई जना सोधकर्ता विद्यार्थीहरुलाई जनही १ लाखका दरले र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सुचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका ४ जना सोधकर्ता विद्यार्थीहरुलाई बैंकिङ, अर्थतन्त्र र सुचना तथा प्रविधिसँग सम्वन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यको लागि जनही ५० हजारका दरले अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ।

उक्त अनुदान प्राप्त गर्नको लागि सम्वन्धित कलेजको सिफारिस सहित १४ मार्च २०२६ भित्र बैंक समक्ष प्रस्तावना पेश गर्नुपर्नेछ । सम्वन्धित विषयका विज्ञ समेत रहेको छनौट समितिले उक्त अनुदान प्राप्त गर्ने विद्यार्थीहरुको छनौट गर्नेछ । विद्यार्थीहरुले गर्ने सोध कार्यहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय दृष्टीकोणले भरपर्दो र प्रमाणित गर्न सकिने तथ्याङ्कमा आधारित र मौलिक हुनुपर्ने बैंकले जनाएको छ।

बैंकले प्रदान गर्ने उक्त अनुदानले एमफिल र स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जनाउनुभएको छ। नेपाल राष्ट्र बैंकले विश्वविद्यालय तथा कलेजमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने शोध, अनुसन्धान कार्य गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकवाट Fellowship/Research Grant प्रदान गर्न सक्ने व्यवस्था गरेसँगै कामना सेवा विकास बैंकले अनुसन्धान अनुदान उपलव्ध गराउने भएको हो ।

नेपाल राष्ट्र बैंकको व्यवस्था वमोजिम अनुसन्धान अनुदान प्रदान गर्ने कामना सेवा विकास बैंक पहिलो वित्तीय संस्था हो । उक्त अनुसन्धान अनुदान सम्वन्धि विस्तृत विवरण बैंकको वेभसाइट www.kamanasewabank.com बाट प्राप्त गर्न सकिनेछ ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...