CG Electronics
Ncell NPL
NIMB

एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा ‘क्रिएटरस् मेला’

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ।एनसेलले नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा नेपालका तीन सहरमा ‘क्रिएटरस् मेला’ आयोजना गर्ने भएको छ। निःशुल्क सहभागितासहित हुने यो मेला नेपाली कन्टेन्ट क्रिएटरहरूलाई सीप विकास, नेटवर्क विस्तार र सहकार्यका अवसर उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रम भोलि माघ ३ गते चितवनबाट सुरु हुनेछ। त्यसपछि माघ १० गते नेपालगञ्ज र माघ १६ र १७ गते काठमाडौँमा मेला निरन्तरता पाउनेछ। सन् २०२३ देखि सुरु भएको क्रिएटरस् मेलालाई एनसेलले निरन्तर समर्थन गर्दै आएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले मेलाले कन्टेन्ट क्रिएटरहरूलाई डिजिटल युगसँग मेल खाने सीप हासिल गर्न मद्दत गर्ने बताइन्। “क्रिएटरहरूलाई प्रभावशाली सामग्री उत्पादन गर्ने अवसर प्रदान गर्न पाउँदा हामी उत्साहित छौँ,” उनले भनिन्।

मेलाको नारा ‘भिजन टु भेन्चर’ रहेको छ। यसले सहभागीलाई उनीहरूको सिर्जनात्मक योजनालाई वास्तविक अवसरको जगमा रुपान्तरण गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ।

अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले मेले आर्थिक र सिर्जनात्मक क्रियाकलाप मार्फत नेपालमा उद्यमशीलता र रोजगारी सुदृढ पार्नेमा विश्वास व्यक्त गरे। “हामी नेपाली क्रिएटरहरूलाई स्थानीय सीमाभन्दा बाहिर अमेरिकी तथा विश्व बजारमा पनि प्रतिस्पर्धी बनाउने लक्ष्य राख्छौँ,” उनले भने।

भिडियो प्रतिस्पर्धा

मेलासँगै एनसेलले भिडियो प्रतिस्पर्धा समेत सञ्चालन गर्दैछ। सहभागीले ‘एनसेल ४जीले तपाईंको जीवन कसरी सजिलो बनाउँछ?’ शीर्षकमा एक मिनेटको भिडियो इन्स्टाग्राम वा टिकटकमा ह्यासट्याग #CreateGaraPostGara प्रयोग गरी अपलोड गर्नुपर्नेछ।
प्रत्येक सहरबाट एक–एक विजेतालाई रु. ५०,००० प्रदान गरिने छ। विजेताहरूले आगामी दिनमा एनसेल फाउन्डेसनका कार्यक्रमहरूमा सहभागी हुने अवसर समेत पाउनेछन्।

सन् २०२३ देखि मेलामा ५,००० भन्दा बढी क्रिएटर सहभागिता जनाइसकेका छन्। यसले देशका क्रिएटरहरूलाई एकै स्थानमा भेला गराउँदै पेशागत सीप हस्तान्तरण, सहकार्य र विशेषज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्दै आएको छ।

मेलामा स्पट लाइट सत्र, प्यानल छलफल तथा विषयगत विश्लेषण सहित सफल कन्टेन्ट क्रिएटरहरूको अनुभव पनि प्रस्तुत गरिने एनसेलले जनाएको छ।

CG Electronics
चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने, सदस्य विद्यालयलाई अनिवार्य सहभागिता हुन निर्देशन

चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:२७

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले...

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन तयारी

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:०२

  काठमाडौँ । मोरङको विराटचोक मा सञ्चालित नेपालीरिका होटेल लिमिटेड...

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्म छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल...

वि.सं.२०८२ माघ २९ बिहीवार २३:०३

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई...

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण : सञ्चालन आय बढ्दा खुद नाफा घट्यो

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण :...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५५

  काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८२/८३ को...

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो इतिहास

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५०

  काठमाडौँ। प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप...

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित मासिक सम्मान कार्यक्रम आयोजना

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:४४

  काठमाडौँ । याङ्गो राइड नेपालले पछिल्ला २–३ महिनामा प्लेटफर्ममा...