भेटायोले सुरु गर्यो जाडोमा गिजर मर्मत तथा जडान सेवा, चिसो पानीको झन्झट हट्ने
Sunday Jan 18, 2026
वि.सं.२०८२ माघ ४ आइतवार २२:०५
काठमाडौं। नेपालको अग्रणी अन-डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताका लागि प्रोफेशनल गिजर मर्मत र जडान सेवा सुरु गरेको छ। सेवाको शुल्क रु. १००० बाट सुरु हुन्छ र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिन्छ।
जाडो सुरु हुनासाथ काठमाडौंमा गिजर बिग्रने समस्या धेरै देखिन्छ। सामान्य समस्याहरूमा पानी ततिन ढिलो हुनु, गिजरले पानी तताउन छाड्नु, अनौठो आवाज आउनु, पानी विस्तारै बग्ने, अत्यधिक बिजुली खपत, र करेन्ट लाग्ने जोखिम पर्दछन्। गिजर निरन्तर चल्ने उपकरण भएकाले ६ महिनामा वा वर्षमा एकपटक नियमित सेवा अनिवार्य मानिन्छ।
भेटायोले छिटो, सुरक्षित र प्रमाणित प्राविधिकहरू मार्फत सेवा प्रदान गर्दछ। सेवा अन्तर्गत सम्पूर्ण गिजर निरीक्षण, हीटिङ कोइल जाँच, थर्मोस्ट्याट परीक्षण, तार र जडान जाँच, स्केलिङ हटाउने/पूर्ण सफाइ, सुरक्षा जाँच, र नयाँ गिजर जडान (पर्खालमा जडान, पाइप सेटिङ, तार जडान सहित) समावेश छ।
नियमित सर्भिसिङले गिजरको आयु बढाउने, बिजुली खर्च घटाउने, तताउने क्षमता सुधार्ने, सुरक्षा जोखिम कम गर्ने र पानी तताउने गति तेज गर्ने लाभ पुर्याउँछ। यसले जाडोमा निरन्तर तातो पानी सुनिश्चित गर्दै परिवारलाई असहज परिस्थितिबाट बचाउने विश्वास गरिएको छ।





























