CG Electronics
Ncell NPL
NIMB

एमच्याम नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता, वैदेशिक लगानी र डिजिटल पूर्वाधार विकासकामा छलफल

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को टोलीले अर्थमन्बत्री रामेश्वर खनालसँग भेटवार्ता गरेको छ।

भेटका क्रममा एमच्याम नेपालले निजी क्षेत्रले भोगिरहेका प्रमुख नीतिगत चुनौतीहरू औंल्याउँदै समाधानका व्यावहारिक उपायहरू सरकारसमक्ष प्रस्तुत गरेको छ। एमच्याम नेपालले वैदेशिक लगानी प्रवद्र्धन, कर प्रणाली सुधार, डिजिटल पूर्वाधार, ऊर्जा तथा वित्तीय क्षेत्रसँग सम्बन्धित आठवटा प्राथमिक नीतिगत विषयमा ठोस सुझाव दिएको हो।

भेटमा एमच्याम नेपालका प्रतिनिधिहरूले नेपालमा स्वच्छ जलविद्युत् स्रोत र भौगोलिक अवस्थाका कारण हाइपरस्केल डाटा सेन्टर स्थापनाको ठूलो सम्भावना रहे पनि विद्युत् आपूर्ति स्थायित्व, उच्च क्षमताको कनेक्टिभिटी, स्वीकृति प्रक्रिया तथा नियामक स्पष्टताको अभावले ठूला विदेशी लगानी आकर्षित हुन नसकेको उल्लेख गरेका छन् ।

‘नेपाल डाटा सेन्टर लगानीका लागि स्वाभाविक रूपमा उपयुक्त मुलुक हो, तर स्पष्ट नीति र एकीकृत फ्रेमवर्क नहुँदा लगानीकर्ताहरू निर्णयमा पुग्न सकेका छैनन्। त्यसैले सरकार यस विषयमा गम्भिर हुन आवश्यक छ ।’ एमच्याम नेपालका अध्यक्ष कैलाश विजयानन्दले बताए ।

त्यसैगरी, अमेरिकी लगानीकर्तालाई लक्षित गरी एफडीआई–रेडी परियोजनाको संरचित पाइपलाइन तयार गर्न र लगानी प्रवद्र्धनमा एमच्याम नेपाललाई औपचारिक साझेदारको रूपमा मान्यता दिनुपर्ने माग पनि राखिएको छ। नेपालमा विदेशी लगानी आवश्यक भएको उल्लेख गर्दै निजी क्षेत्र र सरकारबीचको सहकार्य मजबुत भएमा नेपालमा अमेरिकी लगानी उल्लेखनीय रूपमा बढ्न सक्ने अध्यक्ष विजयानन्दले बताए ।

त्यसैगरी, अमेरिकी लगानीकर्तालाई लक्षित गरी एफडीआई–रेडी परियोजनाको पाइपलाइन तयार गर्न र लगानी प्रवद्र्धनमा एमच्याम नेपाललाई औपचारिक साझेदारको रूपमा मान्यता दिनुपर्ने माग राखिएको छ। भेटमा व्यवसायीहरूले भ्याट फिर्ता प्रक्रियामा सरकारले अवरोध सिर्जना गरेको कुरा पनि उठाएका छन् । भेटमा व्यवसायीहरूले भ्याट फिर्ता प्रक्रियामा देखिएको अवरोधको विषय पनि उठाएका छन्।

नेपाल राष्ट्र बैंकले भेरिफिकेसन लेटर दिन छोडिसकेको अवस्थामा समेत आन्तरिक राजस्व विभागले सो कागज अनिवार्य गरेकाले व्यवसायको नगद प्रवाहमा समस्या आएको गुनासो गरिएको छ। यसको समाधानका लागि वाणिज्य बैंकमार्फत प्रमाणीकरण गर्ने व्यवस्था लागू गर्नुपर्ने सुझाव पनि अर्थमन्त्रीसमक्ष पेश गरिएको छ ।

यसै सन्दर्भमा अध्यक्ष विजयानन्दले भ्याट फिर्ता गर्ने काम ढिला हुँदा लगानीकर्ताको विश्वास कमजोर बनाउने भएकाले यसलाई सरल र डिजिटल बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् । साथै, एमच्याम नेपालले राष्ट्रिय भुक्तानी प्रणालीलाई एकल निकायमा केन्द्रित गर्ने प्रस्तावले प्रतिस्पर्धा र नवप्रवर्तनमा नकारात्मक असर पार्न सक्ने भन्दै बजारमैत्री प्रणाली अपनाउनुपर्नेमा जोड दिएको छ।

त्यसैगरी, सौर्य ऊर्जासम्बन्धी परियोजनामा भ्याट छुट अधिकार दुई निकायमा विभाजित हुँदा ढिलाइ र अन्योल सिर्जना भएको उल्लेख गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई एकद्वार अधिकार दिन सुझाव पेश गरिएको छ।

एमच्याम नेपालले स्पष्ट नीतिगत सुधार, पारदर्शी नियमन र लगानीमैत्री वातावरण निर्माण भएमा नेपालमा अमेरिकी लगानी उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गरेको छ।

अर्थमन्त्री खनालले एमच्याम नेपालले प्रस्तुत गरेका सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्बन्धित निकायहरूसँग समन्वय गर्दै समस्याको समाधान खोजिने प्रतिबद्धता व्यक्त गरेको एमच्यामले जनाएको छ।

एमच्यामका अध्यक्ष विजयानन्दसहित संस्थापक अध्यक्ष अजित विक्रम शाहसँगै पदाधिकारीहरु आकाश गोल्छा, मनिस थापा, स्नेह राजभण्डारी, सुरक्षा हमाल, सचिन करनजितसहित एमच्यामका कार्यकारी निर्देशक अमीरराज थापाले अर्थमन्त्रीसमक्ष सुझाव पेश गरेका थिए ।

CG Electronics
विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४९

पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य...

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक प्रचार हुने गरेको छ :बिनोद चौधरी

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४५

  नवलपरासी,पश्चिम्। नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का...

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा...

वि.सं.२०८२ माघ २८ बुधवार २१:१८

  काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा...

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको नेतृत्व

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको...

वि.सं.२०८२ माघ २८ बुधवार ११:५०

  काठमाडौ । नेपाली कांग्रेसको निर्वाचन प्रचार–प्रसार समिति कार्यालय, सरावल...

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता, नेपाल–कतार द्विपक्षीय लगानी, निजी क्षेत्रबिचको सहकार्यबारे छलफल

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको...

वि.सं.२०८२ माघ २८ बुधवार ०९:०१

  काठमाडौं । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड...

नेपालमा लगानी बढाउन कतारी टोलीको चासो, गभर्नर पौडेलसँग भेटवार्ता

नेपालमा लगानी बढाउन कतारी टोलीको चासो, गभर्नर...

वि.सं.२०८२ माघ २८ बुधवार ०८:५७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा...