बुटवलमा सी जी डिजिटल अन्तर्गतको २८औं शोरुम सञ्चालनमा: २५प्रतिशत सम्मको छुट र आकर्षक उपहारको घोषणा
Monday Jan 19, 2026
वि.सं.२०८२ माघ ५ सोमवार २२:१९
बुटवल। नेपालको अग्रणी मल्टिब्रान्ड इलेक्ट्रोनिक्स रिटेल नेटवर्क सी.जी. डिजिटलले आफ्नो २८औँ शोरुम बुटवलमा सञ्चालनमा ल्याएको छ। सोनाम लोसारको अवसर पारेर आदर्शनगरस्थित ट्राफिक चोक–पाल्पा रोडमा रहेको नयाँ शोरुमको मंगलबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो।
समारोहका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, विशिष्ट अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, उद्योग व्यापार संघ–अध्यक्ष लोकनाथ पन्थी तथा कम्पनीका महाप्रबन्धक बसन्त पालले संयुक्त रूपमा रिबन काटेर शोरुम उद्घाटन गरेका थिए।
शोरुममा LG, CG, CG Meridia, TCL, Godrej, Beko, Midea, Sensei, Kent, Elica, Black+Decker, Crompton, Burly लगायतका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डका घरायसी उपकरणहरू उपलब्ध छन्। साथै iPhone, Nothing, CMF, Motorola र AI+ का नवीनतम ग्याजेट पनि प्रदर्शनमा राखिएका छन्।

ग्राहकलाई लक्षित गर्दै कम्पनीले नि:शुल्क डेलिभरी तथा जडान, ०% ब्याजमा EMI, एक्सचेन्ज सुविधा, लोयल्टी रिवार्ड, र नि:शुल्क प्रिभेन्टिभ मर्मत सेवा सहितका प्रिमियम सुविधाहरू प्रदान गर्ने जनाएको छ।
उद्घाटनका अवसरमा कम्पनीले अधिकतम खुद्रा मूल्यमा २५% सम्म छुट तथा ठूला उपकरण खरिदमा आकर्षक निश्चित उपहार प्राप्त हुने अफर लागू गरेको छ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवलमा सी.जी. डिजिटलको आगमनले ग्राहकलाई गुणस्तरीय विकल्प उपलब्ध गराउने र स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
नयाँ शोरुम आजैदेखि सेवा सञ्चालनमा आएको छ। कम्पनीले बुटवलबासीलाई अत्याधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाको अनुभव लिन आग्रह गरेको छ।






























