CG Electronics
Ncell NPL
NIMB

सुनसरी–३ बाट पुनः भगवती चौधरी सिफारिस

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट पुनः भगवती चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने क्रममा निवर्तमान सांसदसमेत रहेकी चौधरीलाई पुनः उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले प्रदेश कमिटीले यसअघि नै चौधरीलाई सो क्षेत्रका लागि एकल रूपमा सिफारिस गरेको थियो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका हेभिवेट उम्मेदवार विजयकुमार गच्छदारलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्दै शानदार जीत हासिल गरेकी चौधरीलाई पुनः टिकट दिनुको प्रमुख आधार उनका कार्यसम्पादन, संसदमा देखाएको प्रभावकारी भूमिका र जनसेवाप्रतिको प्रतिबद्धता रहेको पार्टी स्रोतले जनाएको छ ।

महिला अधिकार, आर्थिक सशक्तिकरण तथा सामाजिक सेवामार्फत राजनीतिमा उदाएकी चौधरी नेकपा (एमाले) भित्र मात्र नभई राष्ट्रिय राजनीतिमा पनि साहसी, जुझारु र संघर्षशील नेतृका रूपमा परिचित छिन् । विद्यार्थी कालदेखि नै कम्युनिस्ट विचारधारा र स्वर्गीय जननेता मदन भण्डारीको व्यक्तित्वबाट प्रेरित भई राजनीतिमा सक्रिय भएकी उनले २०७० सालको दोस्रो संविधान सभा निर्वाचन र २०७४ सालको आम निर्वाचनमा कांग्रेसका विजयकुमार गच्छदारसँग निरन्तर प्रतिस्पर्धा गर्दै आफूलाई एक सशक्त नेतृका रूपमा स्थापित गरेकी हुन् ।

राजनीतिलाई पेशा नभई समाजसेवाका रूपमा परिभाषित गर्दै देश र जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी चौधरीले राज्यशक्ति र प्रतिकूल परिस्थितिका बाबजुद पनि विचलित नभई तेस्रो पटक सोही प्रतिद्वन्द्वीलाई पराजित गर्दै आफ्नो संघर्ष, त्याग र समर्पण प्रमाणित गरेकी छिन् ।

पछिल्लो समय सरकार सञ्चालन र संसदमा निर्वाह गरेको प्रभावकारी भूमिकाकै कारण यसपटक पनि उनलाई पुनः निर्वाचित गरिनुपर्ने जनआवाज बलियो बन्दै गएको छ । करिब पाँच महिनाको मन्त्री कार्यकालमा नैतिकतामा आँच आउने कुनै काम नगरी कुशलतापूर्वक मन्त्रालय सञ्चालन गर्नु, संसदमा आफ्नो निर्वाचन क्षेत्रका विषयसँगै देश र समाजका समसामयिक मुद्दाहरूलाई सन्तुलित, वस्तुनिष्ठ र तथ्यपरक ढंगले प्रस्तुत गर्नु उनको कार्यशैलीका मुख्य विशेषता रहेका छन् । यही कारण जनताले उनलाई फेरि एकपटक सशक्त संसदीय भूमिकामा देख्न चाहेको राजनीतिक वृत्तको विश्लेषण छ ।

CG Electronics
विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४९

पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य...

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक प्रचार हुने गरेको छ :बिनोद चौधरी

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४५

  नवलपरासी,पश्चिम्। नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का...

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा...

वि.सं.२०८२ माघ २८ बुधवार २१:१८

  काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा...

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको नेतृत्व

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको...

वि.सं.२०८२ माघ २८ बुधवार ११:५०

  काठमाडौ । नेपाली कांग्रेसको निर्वाचन प्रचार–प्रसार समिति कार्यालय, सरावल...

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता, नेपाल–कतार द्विपक्षीय लगानी, निजी क्षेत्रबिचको सहकार्यबारे छलफल

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको...

वि.सं.२०८२ माघ २८ बुधवार ०९:०१

  काठमाडौं । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड...

नेपालमा लगानी बढाउन कतारी टोलीको चासो, गभर्नर पौडेलसँग भेटवार्ता

नेपालमा लगानी बढाउन कतारी टोलीको चासो, गभर्नर...

वि.सं.२०८२ माघ २८ बुधवार ०८:५७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा...