CG Electronics
Ncell NPL
NIMB

याङ्गोले व्यक्ति र साना व्यवसायका लागि लचिलो डेलिभरी सेवा सुरु गर्‍यो काठमाडौँमा मोटो, कार र कार्गो विकल्प उपलब्ध

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ। नेपाल — विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गो एपमार्फत एक्सप्रेस तथा कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सुरु गरेको छ। यस सेवाले काठमाडौँभित्र पार्सल ढुवानीका लागि व्यक्ति–व्यक्ति (P2P) तथा साना तथा मध्यम व्यवसाय (SMEs) लाई लक्षित गर्दै सहज, लचिलो र प्रभावकारी समाधान प्रदान गर्ने लक्ष्य राखेको छ।

नयाँ सेवासँगै अब याङ्गो एपमार्फत राइड–हेलिङ र डेलिभरी दुवै सेवा एकै प्लेटफर्ममा उपलब्ध हुने भएका छन्, जसले काठमाडौँका बासिन्दा तथा आगन्तुकहरूको दैनिक आवागमन र ढुवानी आवश्यकतालाई थप सरल बनाउने अपेक्षा गरिएको छ।

याङ्गो डेलिभरीअन्तर्गत प्रयोगकर्ताहरूले तीन प्रकारका डेलिभरी विकल्पहरू छनोट गर्न सक्नेछन्। मोटो कुरियर साना पार्सल तथा कागजात ढुवानीका लागि, कार कुरियर मध्यम आकारका सामानहरूका लागि तथा कार्गो विकल्प ठूला र भारी सामानहरू ढुवानीका लागि उपलब्ध गराइएको छ।

शहरी जीवनशैली र साना व्यवसायहरूमा छिटो, सहज र भरपर्दो ढुवानी सेवाको माग बढ्दै गएको सन्दर्भमा यी इन–एप विकल्पहरूले व्यक्ति–व्यक्ति ढुवानी गर्ने प्रयोगकर्ताहरू तथा शहरभरि सामान ढुवानी गर्न चाहने साना तथा मध्यम व्यवसायहरूलाई सहयोग पुग्ने याङ्गोको विश्वास छ।

याङ्गो डेलिभरीका दक्षिण एशियाका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरले काठमाडौँमा सामान पठाउने र प्राप्त गर्ने प्रक्रियालाई अझै सरल बनाउने लक्ष्यसहित सेवा सुरु गरिएको बताए। उनका अनुसार सानो पार्सलदेखि ठूला सामानसम्म प्रयोगकर्ताले एप खोलेर आवश्यक विकल्प छान्न सक्ने र सेवा साझेदारमार्फत सजिलै डेलिभरी अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ।

यो सेवा दैनिक जीवनका विभिन्न आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो। नयाँ कार्गो विकल्पले ठूलो सवारी आवश्यक पर्ने ढुवानीलाई सहज बनाउँदै काठमाडौँभित्र ठूला तथा भारी सामान ढुवानीका लागि थप सुविधा प्रदान गरेको छ।

प्रविधिको प्रयोगमार्फत याङ्गो डेलिभरीले रुटिङ र ब्याचिङ एल्गोरिदम प्रयोग गरी ढुवानी प्रक्रियाको कार्यक्षमता बढाउने जनाएको छ। यसले सवारी साधनको अधिकतम उपयोग सुनिश्चित गर्नुका साथै ट्राफिक अवस्थाका बाबजुद समयमा डेलिभरी हुने दर सुधार गर्ने लक्ष्य राखेको छ। साथै, सबै डेलिभरीहरू लाइभ ट्र्याकिङमार्फत निगरानी गर्न सकिने व्यवस्था गरिएको छ, जसले सेवा साझेदार र उपभोक्ता दुवैका लागि पारदर्शिता सुनिश्चित गर्छ।

याङ्गो डेलिभरीले आफ्नै सवारी वा कुरियर सञ्चालन नगरी स्थानीय नेपाली यातायात कम्पनीहरूलाई डिजिटल प्रविधिमार्फत सहयोग गर्ने मोडेल अपनाएको छ। यसले अन्तिम माइल कनेक्टिभिटी सुधार गर्दै साझेदार चालकहरूका लागि आम्दानीका थप अवसरहरू सिर्जना गर्ने विश्वास गरिएको छ।

याङ्गो ग्रुपले मे २०२५ मा ‘याङ्गो’ सिटी सर्भिसेस एपमार्फत नेपाली बजारमा प्रवेश गरेको हो। परीक्षण चरणमा राइड–हेलिङ सेवा सुरु गरिएको थियो भने हाल एपभित्र राइड–हेलिङ र डेलिभरी दुवै सेवा एकै प्लेटफर्ममा उपलब्ध गराइएका छन्।

CG Electronics
चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने, सदस्य विद्यालयलाई अनिवार्य सहभागिता हुन निर्देशन

चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:२७

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले...

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन तयारी

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:०२

  काठमाडौँ । मोरङको विराटचोक मा सञ्चालित नेपालीरिका होटेल लिमिटेड...

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्म छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल...

वि.सं.२०८२ माघ २९ बिहीवार २३:०३

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई...

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण : सञ्चालन आय बढ्दा खुद नाफा घट्यो

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण :...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५५

  काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८२/८३ को...

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो इतिहास

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५०

  काठमाडौँ। प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप...

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित मासिक सम्मान कार्यक्रम आयोजना

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:४४

  काठमाडौँ । याङ्गो राइड नेपालले पछिल्ला २–३ महिनामा प्लेटफर्ममा...